सुनील पौडेललाई एक लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश « Khabarhub

सुनील पौडेललाई एक लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेललाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

पौडेलमाथि केन्द्रबाट आर्थिक वर्ष २०७६/७७ मा ‘हाइ कम्प्युट इन्फास्ट्रक्चर’ खरिद गर्दा गुरुयोजना बिना मिलेमतोमा महँगो मूल्यमा गुणस्तरहीन उपकरण खरिद गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार २८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आयोगले पौडेलसहित केन्द्रका चार कर्मचारी, ठेकेदार कम्पनी वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालि र त्यसका अध्यक्ष अरुण श्रेष्ठविरुद्ध १५ करोड ८८ लाख रुपैयाँ बराबर जरिवाना माग गरेको थियो ।

उक्त मुद्दामा सुनुवाई गर्दै विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

सूचना प्रविधि क्षेत्रका अनेक खरिद अनियमितता प्रकरणमा मुछिएका कारण पौडेल विशेषको पछिल्लो आदेशकै कारण रिहा हुन भने पाउने छैनन्‌ । पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा विशेषले नै पौडेललाई नौ वर्ष कैद र २३ करोड २७ लाख रुपैयाँ जरिवाना तोकिसकेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ४ : ५२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको