माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा विश्वास र माया अनुबन्ध « Khabarhub

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा विश्वास र माया अनुबन्ध


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार माओत्से गुरुङको लेखन र निर्देशनमा बन्न लागेको फिल्म ‘पेन्सनपट्टा’मा विश्वास गुरुङ र माया गुरुङ अनुबन्ध भएका छन् ।

विश्वास र माया गुरुङ फिल्मका चर्चित नायक-नायिका हुन् । उनीहरु फिल्ममा अनुबन्ध भएको निर्माण पक्षले बुधबार सार्वजनिक गरेको हो ।

विश्वासले ‘तिमी नभए’, ‘म्हो’, ‘कुटम्बेरी साइनो’, ‘फिच्यो’ र ‘सिरसुवा’मा अभिनय गरेका छन् । मायाले भने ‘ह्युल’ ‘च्यागी’, र ‘घलेक’मा अभिनय गरेकी छन् ।

नेपाली फिल्ममा यी दुवैको डेब्यू हो । उनीहरु महत्त्वपूर्ण भूमिकामा अनुबन्ध भएको निर्माण पक्षले बताएको छ । यसअघि नै फिल्मको शीर्ष भूमिकामा नायक दयाहाङ राई अनुबन्ध भइसकेका छन् ।

यो फिल्मको छायाङ्कन कात्तिकबाट सुरु गर्ने योजनामा माओत्से रहेका छन् ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा बन्न लागेको यो फिल्मको छायाङ्कन पोखरा आसपासको क्षेत्रमा हुने बताइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  २ : ३७ बजे

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम