जेन-जीका नाममा प्रहरीको हत्यामा संलग्न भएको अभियोगमा दुईजना समातिए « Khabarhub

जेन-जीका नाममा प्रहरीको हत्यामा संलग्न भएको अभियोगमा दुईजना समातिए


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन‍-जी आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तका प्रहरीको कुटीकुटी हत्या गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार सिन्धुपाल्चोक निवासी ओम पौडेललाई पक्राउ गरेको हो। उक्त घटनामा काभ्रे निवासी युवराज क्याप्छालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ।

पक्राउ परेका दुवैजनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले बताए ।

प्रहरीका अनुसार भदौ २४ गते प्रहरी बृत्त जलाउन पुगेका समूहले महाराजगञ्जमा तैनाथ प्रहरीलाई कुटपिट गरिएको भिडियो सार्वजनिक भएको थियो। त्यही भिडियोका आधारमा पौडेल र क्याप्छालाई पक्राउ गरेर मुद्दा चलाउन लागिएको हो ।

भदौ २४ गतेको जेन-जीका नाममा भएको आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तका असई सिन्धुली निवासी मिलन राय र दार्चुला निवासी प्रहरी जवान उत्तम थापाको हत्या भएको थियो ।

जवान थापालाई गोली हान्ने डीएसपी भएको भन्दै लाठी बर्साएर ज्यान लिइएको दृश्य भिडियोमा देखिएको थियो ।

त्यही आन्दोलनका क्रममा प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार कास्की निवासी अमृत गुरुङको पनि हत्या भएको थियो । उनको हत्यामा संलग्नलाई पनि प्रहरीले खोजिरहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ५ : ११ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी