इटहरीमा गोली लागेका सान्तनुलाई अस्पताल पुगेर भेटे अर्थमन्त्रीले « Khabarhub

इटहरीमा गोली लागेका सान्तनुलाई अस्पताल पुगेर भेटे अर्थमन्त्रीले


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

विराटनगर- अर्थमन्त्री रामेश्वर खनालले गत भदौ २३ र २४ को जेन-जी आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका सान्तनु ढकाललाई भेटेका छन् ।

सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा गत भदौ २४ गते गोली लागेर घाइते भएका मोरङको बूढीगंगा–७ मोरङका सान्तनुलई खनालले विराट शिक्षण अस्पतालमा पुगेर भेटेका हुन् ।

मन्त्री खनालले बुधबार दिउँसो अस्पतालमै पुगेर ढकालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । मन्त्री खनालले घाइते ढकालको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिए ।

घाइते सान्तनुका बुवा महेशले छोराको उपचारमा कुनै समस्या नरहेको बताए । सामाजिक सञ्जालमा उपचारमा समस्या भएको भनेर फैलिएको हल्ला सत्य नभएको उनले बताए । अहिले अस्पतालले सम्पूर्ण उपचार निःशुल्क गरिरहेको ढकालले बताए ।

‘छोराको शल्यक्रिया, औषधि र उपचार खर्च विराट मेडिकल कलेजले निःशुल्क गरिदिएको छ,’ उनले भने ।

घाइते सान्तनुका परिवारले उनको नाममा चन्दा संकलन नगर्न भनेको छ। उनको अवस्थालाई देखाएर सहानुभूतिको व्यापार नगर्न पनि महेशले आग्रह गरे ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ५ : २४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी