कक्षा १२ को मौका परीक्षा सम्पन्न « Khabarhub

कक्षा १२ को मौका परीक्षा सम्पन्न


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक अर्थात् मौका परीक्षा बुधबार सम्पन्न गरेको छ । 

गत भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि ‘जेनजी’ आन्दोलनबाट आएको नयाँ परिस्थितिका कारण सरेको परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्नेगरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको थियो । 

बोर्डले मङ्गलबार ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्रै परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) को परीक्षा दिएका थिए ।

आज दुई विषयमा परीक्षा दिने परीक्षार्थीमध्ये आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन गरेको बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । बोर्डका अनुसार परीक्षा देशभरका सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । रासस

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ०५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी