कर्णाली प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न | Khabarhub Khabarhub

कर्णाली प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कर्णाली– प्रदेशको पछिल्लो शान्ति सुरक्षालगायत विषयलाई लिएर बसेको ‘कर्णाली प्रदेश सुरक्षा समन्वय समिति’को बैठक सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बुधबार बसेको उक्त बैठकमा शान्ति सुरक्षालगायत समग्र अवस्थाबारे छलफल र समीक्षा गरिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सूर्यमणि गौतमले जानकारी दिए । 

उनका अनुसार बैठकले मुलुकको पछिल्लो परिस्थिति एवं नजिकिँदै गरेको विजयादशमी, दिपावली, छठ पर्वमा यात्रु आवागमनलाई सहज बनाउनतर्फ विशेष सरोकार राख्ने निर्णय भएको छ । 

त्यस्तै, कानुनविपरीत हुनसक्ने आपराधिक घटनालाई नियन्त्रण गर्न सम्बद्ध सुरक्षा निकायसहित सबैले आआफ्नो ठाउँबाट योगदान, समन्वय र सहजीकरण गर्न आह्वान गर्दै शान्तिसुरक्षा कायम गर्ने निर्णय भएको जनाइएको छ । 

बैठकमा प्रमुख सचिव वीरेन्द्रकुमार यादव, उत्तरपश्चिम पृतनापति दिपेशजङ्ग शाह, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी महेश्वरी बाहिनीका कामु बाहिनीपति विनोदराज श्रेष्ठलगायत प्रदेश तहका सबै सुरक्षा प्रमुखको उपस्थिति थियो । रासस

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ११ बजे

रास्वपाले नख्खु कारागार घटनाबारे छानबिन गर्न समिति बनाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

खोटाङको च्यास्मिटारमा अज्ञात व्यक्तिद्वारा दुई घरमा आगजनी

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित दाल्फुमा करिब एक घण्टाको

मुलुकको स्वार्थ रक्षाका लागि प्रतिबद्ध छु : अर्थमन्त्री खनाल

विराटनगर – अर्थमन्त्री रामेश्वर खनालले मुलुकको स्वार्थ रक्षा गर्न आफू

अष्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ

सिड्नी – अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालको

तीन महिनादेखि खर्वाङ–सिसाखानी सडक अवरुद्ध, श्रमदानमा जुटे स्थानीय

बागलुङ – बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानी जाने खर्वाङ–सिसाखानी सडक असारयता