मुख्यमन्त्री शाहद्वारा जनतालाई यथाशीघ्र सेवा प्रवाह गर्न निर्देशन « Khabarhub

मुख्यमन्त्री शाहद्वारा जनतालाई यथाशीघ्र सेवा प्रवाह गर्न निर्देशन


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनतालाई अत्यावश्यक पर्ने सेवा यथाशीघ्र प्रवाह गर्न सरोकार भएका सबैलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री शाहको अध्यक्षतामा बुधबार बसेको विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरू सम्मिलित बैठकमा उनले जनतालाई अत्यावश्यक पर्ने सेवा यथाशीघ्र प्रवाह गर्न निर्देशन दिए । धनगढीस्थित उनको निवासमा बसेको बैठकले विषयगत मन्त्रालयको प्रगति र जेन-जी प्रदर्शनका क्रममा भएको भौतिक क्षतिका बारेमा समीक्षा भएको छ । 

मुख्यमन्त्री शाहले जनतालाई यथाशीघ्र अत्यावश्यक सेवा प्रवाह गर्न र खर्च कटौतीका सन्दर्भमा विषयगत मन्त्रालयको विवरण बिहीबारसम्म तयार गर्न सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिएको मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्बर बमले जानकारी दिए ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा प्रदेश कार्यालयका भौतिक संरचनामा आगजनी तथा तोडफोड भएपछि सेवा प्रवाह अवरुद्ध भएको थियो । भौतिक क्षति पश्चात् केही कार्यालयले मर्मत गरी सेवा प्रवाह गरिरहेका छन् भने केही कार्यालय अझै पनि सञ्चालनमा आउन सकेका छैनन् ।

यसअघि मुख्यमन्त्री शाहले जेन-जी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट ग्रसित प्रदेशका विभिन्न मन्त्रालयसहित क्षतिग्रस्त २९ वटा कार्यालयको भौतिक संरचनाको निरीक्षण गरेका थिए। 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ५३ बजे

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने