मुख्यमन्त्री शाहद्वारा जनतालाई यथाशीघ्र सेवा प्रवाह गर्न निर्देशन « Khabarhub

मुख्यमन्त्री शाहद्वारा जनतालाई यथाशीघ्र सेवा प्रवाह गर्न निर्देशन


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनतालाई अत्यावश्यक पर्ने सेवा यथाशीघ्र प्रवाह गर्न सरोकार भएका सबैलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री शाहको अध्यक्षतामा बुधबार बसेको विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरू सम्मिलित बैठकमा उनले जनतालाई अत्यावश्यक पर्ने सेवा यथाशीघ्र प्रवाह गर्न निर्देशन दिए । धनगढीस्थित उनको निवासमा बसेको बैठकले विषयगत मन्त्रालयको प्रगति र जेन-जी प्रदर्शनका क्रममा भएको भौतिक क्षतिका बारेमा समीक्षा भएको छ । 

मुख्यमन्त्री शाहले जनतालाई यथाशीघ्र अत्यावश्यक सेवा प्रवाह गर्न र खर्च कटौतीका सन्दर्भमा विषयगत मन्त्रालयको विवरण बिहीबारसम्म तयार गर्न सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिएको मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्बर बमले जानकारी दिए ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा प्रदेश कार्यालयका भौतिक संरचनामा आगजनी तथा तोडफोड भएपछि सेवा प्रवाह अवरुद्ध भएको थियो । भौतिक क्षति पश्चात् केही कार्यालयले मर्मत गरी सेवा प्रवाह गरिरहेका छन् भने केही कार्यालय अझै पनि सञ्चालनमा आउन सकेका छैनन् ।

यसअघि मुख्यमन्त्री शाहले जेन-जी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट ग्रसित प्रदेशका विभिन्न मन्त्रालयसहित क्षतिग्रस्त २९ वटा कार्यालयको भौतिक संरचनाको निरीक्षण गरेका थिए। 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ५३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर