स्वास्थ्य मन्त्रालयका सबै संयन्त्र पुनःस्थापित « Khabarhub

स्वास्थ्य मन्त्रालयका सबै संयन्त्र पुनःस्थापित


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै संयन्त्र पुनःस्थापित गरिएको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले विगतदेखि नै प्रयोगमा रहेका सबै संयन्त्रहरू पुनःस्थापित गरिएको जानकारी गराएका छन् ।

‘स्वास्थ्य सेवा प्रवाहमा जिम्मेवारीअनुसारको पारदर्शिता तथा जवाफदेहितालाई अझै सुदृढ गर्दै लैजाने यस मन्त्रालयले विगतदेखि नै प्रयोगमा रहेका सबै संयन्त्र पुनःस्थापित गरिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सेवा प्रवाहमा कुनै कठिनाइ भए हटनम्बरमा फोन गर्न आग्रह गरिएको छ । 

उनले मन्त्रालय र मन्त्रालयअन्तर्गतका विभाग, केन्द्र तथा अस्पतालबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यका लागि दबाब दिएको एवं सेवा प्रवाहमा परेको कठिनाइ सिर्जना भएको अवस्था हटलाइन नम्बरमा फोन गर्न आग्रह गरे। 

मन्त्रालयले हटलाइन नम्बर १११५, भाइबर तथा ह्वाटस् एप ९८५१३३०५९२ र इमेल [email protected], प्रवक्ता ९८५१२५५८३८ र सूचना अधिकारी ९८५१३६३७५६ मार्फत जानकारी गराउन आग्रह गरेको छ । 

मन्त्रालयले पूर्ण रूपमा जलेर नष्ट रहेको अवस्थामा अस्थायी व्यवस्थापनबाट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट मन्त्रालयले काम गरिरहेको मन्त्रालयका प्रवक्ता बूढाथोकीले जानकारी दिए । 
 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ८ : ०० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर