मनास्लु आरोहण गर्ने अहिलेसम्मकै कान्छी आरोही छिरिङ « Khabarhub

मनास्लु आरोहण गर्ने अहिलेसम्मकै कान्छी आरोही छिरिङ


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँकी २२ वर्षीया छिरिङ डिकी लामा मनास्लु आरोहण गर्ने नेपालकै कान्छी आरोही बनेकी छन् । लामाकी आफन्त एवं आरोही नाङ्सल छोदेनका अनुसार यसअघि १९ वर्षीया विदेशी युवतीले मनास्लु आरोहण गरिसकेकी छन् ।

नेपाल मनास्लु आरोहण गर्नेमा भने छिरिङ डिकी हालसम्मकै कान्छी रहेको नाङ्सलले जानकारी दिइन् । सोमबार बिहान ६ बजे बेसक्याम्पबाट प्रस्थान गरेकी छिरिङले मङ्गलबार बिहान १०ः५० बजे मनास्लुको शिखर चुम्नुभएकी उनको भनाइ छ ।

छिरिङले पायोनियर एड्भेञ्चर कम्पनी प्रालिमार्फत आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहण गरेकी हुन् ।

उनी गाउँघरमै घरायसी काम गरेर बस्ने किशोरी हुन् । उनीसँगै मनास्लु आरोहण गर्ने सामागाउँका चार जना भएका छन् । यसअघि सामागाउँका डिकील्हामु, मिङ्मार छिरिङ र नाङ्सल छोदेनले मनास्लु आरोहण गरिसकेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ८ : ३२ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी