रास्वपाले नख्खु कारागार घटनाबारे छानबिन गर्न समिति बनाउने « Khabarhub

रास्वपाले नख्खु कारागार घटनाबारे छानबिन गर्न समिति बनाउने


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज सम्पन्न भएको छ । मंगबार र बुधबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका मौखिक तथा लिखित प्रस्तावमाथि व्यापक छलफल गर्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरिएको पार्टीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

बैठकले आगामी कात्तिक १४ र १५ गते केन्द्रीय विस्तारित बैठक गर्ने निर्णय गरेको छ । सो बैठकमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनका विषयमा समेत छलफल गरिनेछ ।

यस्तै भदौ २४ गते नख्खु कारागारलगायतका स्थानमा भएका घटनामा पार्टी सदस्यहरूको संलग्नता रहे–नरहेकोबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै, भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारको ध्यानाकर्षण गराइने बताइएको छ ।

साथै बैठकले विसं २०४६ सालदेखि उच्च सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न दबाब दिने र जेनजी आन्दोलनका क्रममा नेताहरूको निवासमा भेटिएका अवैध नगद तथा चलअचल सम्पत्तिको सत्यतथ्य जाँच गर्न पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

युवासँग सहकार्यका लागि पार्टी केन्द्रीय सदस्य पुकार बमको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । सो कार्यदलले जेनजी उमेर समूहका युवाहरु लगायत नयाँ शक्तिहरूसँग संवाद र सहकार्य गर्नेछ ।

यस्तै, आगामी फागुन २१ गते हुने निर्वाचनका लागि वाचापत्र तयार गर्न उपसभापति डा। स्वर्णिम वाग्लेको संयोजकत्वमा सात सदस्यीय वाचापत्र लेखन समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ९ : ४४ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको