काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाललाई गृहमन्त्रालय तानिएको छ। बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले रिजाललाई मन्त्रालय तान्दै उद्योग मन्त्रालयमा कार्यरत सहसचिव ईश्वर पौडेललाई काठमाडौंको नयाँ सिडिओका रूपमा खटाउने निर्णय गरेका हुन् ।
भदौ २३ र २४ गतेको आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोप लागेपछि रिजाललाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ । उनी त्यसयता कार्यालय फर्किन नसकेका थिए।
यसअघि मंगलबार गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाई रामेश्वर दंगाललाई गृहसचिव बनाइएको थियो।
प्रहरीतर्फ पनि नेतृत्व फेरिएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीलाई हेडक्वार्टर सरुवा गरीएका छ । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी अब रमेश थापालाई जिम्मेवारी दिइएको छ।त्यस्तै काठमाडौंका आठै वृत्तका प्रमुखमा पनि फेरबदल गरिएको छ।
प्रतिक्रिया