तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन नेतालाई राजनीतिमा बन्देज लगाउन रास्वपाको माग « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक

तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन नेतालाई राजनीतिमा बन्देज लगाउन रास्वपाको माग


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा रोक लगाउन माग गरेको छ।

मंगलबार र बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले छानबिन प्रतिवेदन नआउँदासम्म तिनै मन्त्रीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउनु पर्ने माग गरेको हो ।

प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार मन्त्रीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउने।”

बैठकले २०४६ सालदेखि उच्च पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिने र जेनजी आन्दोलनका क्रममा नेताका घरमा भेटिएका अवैध नगद तथा सम्पत्तिको सत्यतथ्य पत्ता लगाउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

यस्तै, सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट भगाउने घटनामा आफ्ना सदस्य संलग्न भए नभएकोबारे पार्टीले आन्तरिक छानबिन गर्ने पनि बैठकले ठहर गरेको छ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १० : ३१ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको