आज २०८२ साल कात्तिक ७ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल कात्तिक ७ गते शुक्रबारको राशिफल


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक ७ गते शुक्रबार। कात्तिक शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ अक्टोबर २४ तारिख। संयुक्त राष्ट्रसंघ दिवस । विश्व सूचना दिवस आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। सानो कुराले मनमा चिन्ता बढाउने छ। स्वास्थ्य उपचारमा भए सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यक हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। काम सफल बन्नेछ। मनमा खुशी बढ्नेछ। थोरै बोलेर गरेको काम सफल बन्नेछ। व्यापारमा विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। स्वास्थ्य र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ।

मिथुन : दिन सामान्य छ। संकटमा साथीले असहयोग गर्नेछन्। आफ्नो मूल्यांकन गर्न नसक्दा खटपटी बढ्ने जोखिम छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्ला।

कर्कट : दिन राम्रो छ। जग्गाको कारोबारबाट नाफा हुनेछ। सम्पत्ति खर्च भए पनि राजनीतिमा तपाईंको चर्चा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयासबाट लाभ हुनेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुन्छ।

सिंह : दिन सामान्य छ। मनमा चिन्ता बढ्ने जोखिम छ। साथीसँगको सहकार्यमा अवरोध सिर्जना हुनेछ। अनावश्यक यात्रामा खर्च बढ्नेछ। यात्रा नगर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा अगाडि बढ्दा दिन सहज बन्नेछ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धी लगानीबाट नाफा हुनेछ। विपक्षी शान्त रहेकाले सोचेको काम गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने दिन छ।

तुला : आजका लागि तपाईंको दिन धेरै राम्रो छ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। लगानीका क्षेत्रमध्ये स्वदेशमा विकल्प देखिने छन्। परिवारको हातबाट गरेको लगानीबाट प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। कूटनीतिक क्षेत्रमा सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थयमा समस्या बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु उचित हुन्छ।

धनु : दिन सामान्य छ। सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ। लगानी नगर्नु उचित हुन्छ। परिवालाई समय दिन नसक्दा खटपटी बढ्नेछ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ।

मकर : दिन राम्रो छ। सम्पत्ति खर्च भए पनि राजनीतिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। नेतृत्वको साथ र सहयोग मिल्नेछ। विपक्षी बौद्धिक भएकाले नम्र भएर काम गर्नुपर्नेछ। शिक्षामा फाइदा हुने योग छ। संकटमा परिवारको साथ मिल्नेछ।

कुम्भ : दिन राम्रो छ। सानो कुराले काममा अवरोध हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने छ। धार्मिक क्षेत्रमा समय कटाएमा दिन सहज बन्नेछ। धार्मिक क्षेत्रमा तपाईंको रुचि बढ्नेछ।

मीन : दिन सामान्य राम्रो छ। स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति नभए पनि परिवारको साथ र सहयोग प्राप्त हुनेछ। विज्ञको सुझाव लिएर काम गर्नु उचित हुन्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ५ : ०७ बजे

पर्यटक लोभ्याउँदै पुरन्धरा झरना

दाङ– पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज

मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने

मुस्ताङ– घरपझोङ गाउँपालिकाअन्तर्गतको मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने भएको छ ।

मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात

भद्रपुर– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो तीन महिनामा पूर्वीनाका

जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड दिँदै पौवादुङमा

भोजपुर– रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले