चलचित्र ‘वरिष्ठ बलराम’ लाई दर्शकको साथ « Khabarhub

चलचित्र ‘वरिष्ठ बलराम’ लाई दर्शकको साथ


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहारलाई लक्षित गर्दै भाइटीका अर्थात् यही कात्तिक ६ गतेदेखि नेपालभर प्रदर्शित चलचित्र ‘वरिष्ठ बलराम’ लाई दर्शकले रुचाएका छन् । प्रदर्शनको पहिलो दिन सबैजसो हल भरिएको र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको अभिनेता विजय बरालले जानकारी दिए ।

अभिनेता बराल र दयाहाङ राई, अभिनेत्री सम्वृद्धि बरालसहितका कलाकार टोलीले चलचित्र हेर्नआएका दर्शकमाझ साक्षात्कार गर्दै चलचित्रको सवल र दुर्वल पक्षका बारेमा जानकारी लिइरहेको देखिन्थ्यो । अभिनेता बरालले भने, “टीकाको दिन भए पनि केही चलचित्र हल पुगेर दर्शकको प्रतिक्रिया लिएका छौँ । हामीले एउटा सामाजिक विषयलाई समेटेर मनोरञ्जनात्मक चलचित्र तयार गरेका हौँ । दर्शकले पनि सोही किसिमको प्रतिक्रिया दिनुभयो, दशर्कबाट प्राप्त सुझावले हाम्रो टोलीलाई ऊर्जासहित हौसला मिलेको छ, चलचित्रको सुरुआति दिन राम्रो छ ।”

प्राकृतिक स्रोतको दोहन र समाजमा स्थापित एवं उदाउँदो व्यक्तिबीचको सङ्घर्षको कथालाई ‘माटो सुहाउँदो’ भन्दै दर्शक दीर्घाबाट मनोरञ्जनसँगै सामाजिक सन्देश पनि समेटिएको प्रतिक्रिया प्राप्त भएको अभिनेता बरालले बताए । रङ्गमञ्चमा गुरूचेलाका रुपमा परिचित अभिनेता बराल र राईले उक्त चलचित्रमा समान्तर भूमिका निर्वाह गरेका छन् ।

यसअघिका चलचित्रमा भने अभिनेता राई मुख्य र बराल सहायक भूमिकामा देखिन्थे । चलचित्र ‘वरिष्ठ बलराम’मा अभिनेताद्वय राई र बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीपकुमार चौधरी (पिके) लगायत कलाकारले अभिनय गरेका छन् । यस चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको उक्त चलचित्रको पटकथा महेश दवाडीले तयार गरेका हुन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ६ : १८ बजे

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा