सन्दीपको अपिल : घृणा होइन, सहनशीलता र सम्मानको बाटो रोजौँ « Khabarhub

सन्दीपको अपिल : घृणा होइन, सहनशीलता र सम्मानको बाटो रोजौँ


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेले पछिल्ला विवादबारे प्रतिक्रिया जनाउँदै शान्त रहन र कसैप्रति घृणा नफैलाउन अपिल गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, ‘सबैको माया र समर्थनप्रति म हार्दिक आभारी छु। जे भयो त्यो स्वीकार्य थिएन, र म सबैको भावनालाई पूर्णरूपमा बुझ्छु। तर कृपया कसैप्रति घृणा वा नकारात्मकता नफैलाऔं। कसैले पनि त्यस्तो व्यवहारको हकदार छैन।’

उनले भनेका छन्, ‘म सधैं संयमता र सम्मानपूर्वक समस्या समाधानमा विश्वास गर्छु। मेरो कानुनी सल्लाहकारले अहिले सबै कुरा हेरिरहेका छन्।’

हाल दुबईमा जारी क्रिकेट वर्ल्ड कप लिग–२ मा व्यस्त रहेका लामिछानेले घटनाबारे विस्तृत प्रतिक्रिया नेपाल फर्किएपछि दिने बताएका छन्।

सन्दीपले लेखेका छन्, ‘हेपेको महसुस हुँदा पनि दयालु र सम्मानजनक बाटो रोजौं। वास्तविक परिवर्तन र शान्ति त्यहीँबाट सम्भव हुन्छ।’

लामिछानेले केही दिनअघि युट्युब च्यानल प्याराडाइम टिभीले आफ्नो निजी जीवनमा प्रहार गर्दै षड्यन्त्रपूर्वक चरित्र हत्या गर्न खोजेको आरोप लगाएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले भनेका थिए, ‘तपाईंहरू जसलाई चाहनुहुन्छ त्यसलाई विभिन्न सेग्मेन्टका लागि छनोट गर्न सक्नुहुन्छ, तर युट्युबको कुर्सीमा बसेर कसैको जीवनलाई उपहास गर्ने काम लाजमर्दो हो।’

उनले प्याराडाइम टिभीको नाम नै लिएर आक्रोश पोखेका थिए । ‘तपाईंहरूले मेरोविरुद्ध बनाएको सामग्री पूर्णतः षड्यन्त्रपूर्ण र मेरो व्यक्तिगत जीवन, गरिमा र गोपनीयता नष्ट गर्ने उद्देश्यले तयार गरिएको छ’, उनले भनेका थिए, ‘यो च्यानलले जानाजान मेरो मानसिक शान्ति र प्रतिष्ठामा चोट पुर्‍याउने गरी व्यक्तिगत चरित्र हत्या गर्ने योजनाबद्ध प्रयास गरेको हो।’

सन्दीपले यस कार्यलाई जानाजान मानसिक दबाब सिर्जना गर्ने र आफ्नो च्यानलको व्यावसायिक फाइदाका लागि मेरो निर्दोष जीवन र खेलकुद करियरको दुरुपयोग गर्ने दुर्भावनापूर्ण प्रयास भनेका थिए।

त्यसपछि उक्त युट्युब च्यानलले सन्दीपबारे दुई युवतीले गरेको टिप्पणीको भाग हटाएको छ । तर त्यसरी टिप्पणी गर्ने युवतीहरूलाई सामाजिक सञ्जालमा आक्रम भइरहेपछि सन्दीप बोलेका हुन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ६ : २४ बजे

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ