रुकुम पश्‍चिममा जीप दुर्घटना, कम्तीमा ८ यात्रुको ज्यान गयो « Khabarhub

रुकुम पश्‍चिममा जीप दुर्घटना, कम्तीमा ८ यात्रुको ज्यान गयो


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

रुकुम : रुकुम पश्चिममा शुक्रबार एउटा जीप दुर्घटना हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ। रा १ ज ४२२ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

जिल्लाको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो। यो दुर्घटनामा अरू ५ जना यात्रु घाइते भएका छन्।

अहिले दुर्घटनास्थलमा उद्धार जारी रहेको छ । यो जीप सदरमुकाम खलङ्गाबाट स्यालाखदीतर्फ गइरहेको बेला दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप चालक टोपजङ बुढा गम्भीर घाइते भएका छन्। यो जीपमा सिट क्षमताभन्दा बढी यात्रु राखिएको खुलेको छ।

दुर्घटनापछि उद्धार जारी रहेकाले विस्तृत विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालयबाट पनि टोली घटनास्थलतर्फ गइसकेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ७ : २७ बजे

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश

अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा

काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने

साउन यता १७ गैँडा मरे

चितवन– चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर– कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ