दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले भाग लिने « Khabarhub

दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले भाग लिने


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र श्रीलङ्कामा आयोजना हुने पहिलो संस्करणको महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीले सहभागिता जनाउने भएको छ । दृष्टिविहीन क्रिकेटको इतिहासमै पहिलोपटक महिला विश्वकप आयोजना हुन लागेको नेपाल दृष्टिविहीन क्रिकेट सङ्घले जनाएको छ ।

सङ्घका अनुसार पहिलो संस्करणको उक्त च्याम्पियनसिप आगामी नोभेम्बर ११ देखि २३ तारिखसम्म भारत र श्रीलङ्कामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलङ्का र इङ्ल्यान्डको सहभागिता रहनेछ ।

आज सार्वजनिक गरेको खेल तालिकामा नेपालले आफ्नो पहिलो खेल श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । उक्त खेल नोभेम्बर १२ तारिखमा हुनेछ । त्यसपछि नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्नेछ ।

नेपाली टोलीले नोभेम्बर १५ तारिखमा इङ्ल्याण्ड र नोभेम्बर १६ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । यी सबै खेल भारतमा नै हुनेछ । त्यसपछि नेपाली टोली श्रीलङ्का पुगेर नोभेम्बर १८ मा अस्ट्रेलिया र नोभेम्बर १९ मा पाकिस्तानसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल नोभेम्बर २३ मा श्रीलङ्काको कोलम्बोमा हुने जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ७ : ४० बजे

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको

आशा भोस्लेलाई सम्झिँदै भारतीय दूतावासले भन्यो, ‘दुई देशबीचको सांस्कृतिक सम्बन्धकी सेतु थिइन्’

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले प्रख्यात गायिका आशा भोस्लेको ९२ वर्षको

आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’

मोहनी लाग्ला है !‘वसन्त नै बस्न खोज्छ यहाँ’‘किन बढ्दैछ ढुकढुकी

उपसभामुखमा जिल्लिएपछि राप्रपा चर्कियो विवाद, नयाँ नेतृत्वका लागि तत्काल महाधिवेशनमा जानुपर्ने माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का