रुकुमपश्चिम जिप दुर्घटना: मृतक ८ मध्ये ६ जनाकाे पहिचान खुल्याे « Khabarhub

रुकुमपश्चिम जिप दुर्घटना: मृतक ८ मध्ये ६ जनाकाे पहिचान खुल्याे


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुकुमपश्चिममा जिप दुर्घटनामा हुँदा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका-२ स्यालाकी ३० वर्षीय कमला ओली, सोही पालिकाका १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीय दिलमाया बुढा, १७ वर्षीय मनिका ओली, १८ वर्षीय शर्मिला विक, २२ वर्षीय गोपाल ओली रहेका छन्।

जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका-३ स्यालाखदीतर्फ जाँदै गरेको जिप शुक्रबार साँझ दुर्घटनामा परेको थियो।

रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानास्थित झारमारेमा दुर्घटना कम्तिमा ८ जनाको मृत्यु भएको छ। तीमध्ये ६ जनाको पहिचान खुलेको रुकुमपश्चिम प्रहरीले जनाएको छ।

यस्तै, अन्य १० जना घाइतेहरुकाे उद्धार भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : ३० बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै