रुकुमपश्चिम जिप दुर्घटना: मृतक ८ मध्ये ६ जनाकाे पहिचान खुल्याे « Khabarhub

रुकुमपश्चिम जिप दुर्घटना: मृतक ८ मध्ये ६ जनाकाे पहिचान खुल्याे


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुकुमपश्चिममा जिप दुर्घटनामा हुँदा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका-२ स्यालाकी ३० वर्षीय कमला ओली, सोही पालिकाका १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीय दिलमाया बुढा, १७ वर्षीय मनिका ओली, १८ वर्षीय शर्मिला विक, २२ वर्षीय गोपाल ओली रहेका छन्।

जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका-३ स्यालाखदीतर्फ जाँदै गरेको जिप शुक्रबार साँझ दुर्घटनामा परेको थियो।

रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानास्थित झारमारेमा दुर्घटना कम्तिमा ८ जनाको मृत्यु भएको छ। तीमध्ये ६ जनाको पहिचान खुलेको रुकुमपश्चिम प्रहरीले जनाएको छ।

यस्तै, अन्य १० जना घाइतेहरुकाे उद्धार भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : ३० बजे

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले