सोलुखुम्बुमा धान उत्पादन घट्यो « Khabarhub

सोलुखुम्बुमा धान उत्पादन घट्यो


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बु जिल्लामा चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा धान उत्पादन घटेको छ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार गत आर्थिक वर्षमा जिल्लाभर १,२२५ हेक्टर क्षेत्रमा धानखेती भएको थियो।

गत वर्ष यहाँ ३,३४४.२५ मेट्रिक टन धान उत्पादन भएको थियो। तर चालु वर्षमा सोही क्षेत्रफल १,२२५ हेक्टरमै खेती भए पनि उत्पादन घटेर २,३३९.७५ मेट्रिक टन मात्रै भएको छ।

उत्पादन घटेसँगै प्रति हेक्टर उत्पादन पनि घटेको पाइएको छ। अघिल्लो वर्ष धानको औसत उत्पादन २.७३ मेट्रिक टन प्रतिहेक्टर रहेकोमा यसपटक घटेर १.९१ मेट्रिक टन प्रतिहेक्टरमा झरेको तथ्याङकमा उल्लेख गरिएको छ।

सोलुखुम्बु जिल्लामा आठवटा स्थानीय तहहरू रहेका छन्। यीमध्ये खुम्बु पासाङल्हामु गाउँपालिकामा चिसो र उचाइका कारण धानखेती हुँदैन।

बाँकी सातवटै स्थानीय तहहरूमा भने विभिन्न क्षेत्रका किसानहरूले धानखेती गर्दै आएका छन्। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्षको उत्पादन घट्नुमा कीरा र रोगको प्रकोप लगायतका कारणले प्रभाव पारेको अनुमान गरिएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : ४४ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा