आज २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर ८ गते सोमबार। मंसिर शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन सामान्य छ । राज्यको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : तपाईंका लागि आजको दिन सामान्य छ । कार्यक्षेत्रमा थोरै बोल्नु राम्रो हुनेछ । परिवारको सुझाव अनुसार अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ । कृषि क्षेत्रमा नाफा हुने योग छ ।

मिथुन : दिन सहज छ । साथीभाइले सहयोग गर्नेछन् । परोपकार गर्दा मन शान्त हुनेछ । राम्रो कामको प्रशंसा हुनेछ । स्वदेशमा विकल्प देखेर मन खुशी हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कट : राम्रो छ । खर्च कम गर्नु राम्रो हुनेछ । स्वास्थ्यले साथ दिनेछ । नयाँ काम गर्न शरीरमा ऊर्जा थपिनेछ । शिक्षाको क्षेत्रमा झुकाव रहनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

सिंह : दिन राम्रो छ । बौद्धिक साथीले साथ दिनेछन् । दीर्घकालीन योजनाको तय गर्दा फाइदा हुनेछ । स्वास्थ्यमा भन्दा शिक्षा क्षेत्रको लगानीबाट उन्नति हुनेछ । परिवारको विश्वास गर्नाले धोका हुने जोखिम रहेको छ । व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ ।

कन्या : दिन राम्रो छ । व्यवहार गर्न नजानेमा सञ्चित धन खर्च हुनेछ । ठुला योजनाको सुरुवात गरेमा प्रगति हुनेछ । दाजुभाइ र बन्धुले साथ दिनेछन् । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । राज्यको लाभको पद प्राप्त हुने योग छ ।

तुला : दिन राम्रो छ । आम्दानीका स्रोत धेरै छन् । राम्रो कमाइ भए पनि इज्जतमा भने प्रश्न उठ्ने खतरा देखिन्छ । कानुनको पर्खाइमा भए तपाईंको पक्षमा फैसला हुनेछ । खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनसक्छ ।

वृश्चिक : दिन राम्रो छ । मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मन प्रशन्न हुनेछ । धन जम्मा गर्नेक्रममा इज्जतको ख्याल गर्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारमा भने समस्या हुने जोखिम रहेको छ ।

धनु : दिन राम्रो छ । तपाईंको गला र कलाको प्रशंसा हुनेछ । साथीभाइको साथमा सुरुवात गरेको काम सफल बन्नेछ । खुट्टा तान्ने साथी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ ।

मकर : तपाईंका लागि दिन सामान्य छ । अचानक धन खर्च हुनेछ । मन अशान्त बन्ने जोखिम छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ ।

कुम्भ : सानो कुराले झन्झट आइपर्नसक्छ । हरेक काममा जोखिम बढ्नेछ । शुभग्रहको बहुमत भएकाले तपाईंले गरेका प्रयास सफल हुनेछन् । परिवारले राम्रो साथ दिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : साढेसाती दशा चल्दैछ । साना कुराले मन अशान्त बन्नसक्छ । बोल्दा तीन पटक सोच्नुपर्ने दिन छ । औषधी नियमित नगरेमा रोगले सताउने जोखिम छ । परिवारको साथ र सहयोग राम्रो रहनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ५ : १५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल मंसिर ८ गते सोमबार। मंसिर शुक्ल पक्षको

आज २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर ८ गते सोमबार। मंसिर शुक्ल पक्षको

नेपाललाई अन्तर्राष्ट्रिय रग्बी सिरिज

काठमाडौं- नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय रग्बी सिरिज जितेको छ । सेभन्सको

तिङ्लाको सुक्खा पहिरोको अध्ययन गर्न भूगर्भविद्को टोली खटिए

सोलुखुम्बु– सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा हिउँदमा गएको सुक्खा पहिरोको अध्ययन गर्न