निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल « Khabarhub

निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दोलखा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

आइतबार कालिञ्चोक–८ सुनखानीमा कालिनाग माध्यमिक विद्यालयले आयोजना गरेको बधाइ तथा अभिनन्दन कार्यक्रममा उनले निर्वाचनका लागि वातावरण बनिसकेको उल्लेख गरे ।

उनले भने, ‘हाम्रो मुख्य लक्ष्य भनेको निर्वाचन हो, निर्वाचनको लागि सरकार तयार छ, सबै राजनीतिक दलले निर्वाचनमा भाग लिँदैछन् । सरकारले निर्वाचनको वातावरण बनाउछ, यो सन्देश देशभर फैलाउन जरुरी छ ।’

उनले सुशासनमा सम्झौता नगर्ने भन्दै ६ महिनाभित्र अनुभूति हुनेगरी काम गर्ने विश्वास व्यक्त गरे । उनले जेनजी आन्दोलनको विरुद्धमा हुने कुनै पनि कार्य सरकारलाई शैह्य नहुने स्पष्ट पारे । उनले जेनजी आन्दोलनको जगमा बनेको सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खरेलका अनुसार वर्तमान सरकारले भ्रष्टाचार कम गर्दै सुशासनलाई प्राथमिकता दिएको छ । उनले देशमा राजनीतिक दलको अत्यधिक सत्ता खेल र स्वार्थ केन्द्रित राजनीतिका कारण समग्र विकाससँगै शिक्षा क्षेत्रमा गम्भीर असर परेको उल्लेख गर्दै अब विकास र सुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेललाई उनको गृह जिल्ला दोलखामा अभिनन्दन गरिएको थियो । आइतबार दोलखा पुगेका सञ्चारमन्त्रीलाई कालिञ्चोकको सुनखानीस्थित कालिनाग माध्यमिक विद्यालयले भव्य स्वागतसहित अभिनन्दन गरेको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ६ : ५३ बजे

बसको ठक्करबाट एक बालकको मृत्यु

चितवन– चितवनमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ– कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

फेवातालको मापदण्ड र संरचना भत्काइएकोप्रति कर्ण शाक्यको आपत्ति

पोखरा- पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरास्थित वाटरफ्रन्ट होटलको पर्खाल पूर्वसूचनाबिना

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्दैछ ।