विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै « Khabarhub

विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर विधि गरिँदैछ । यसका लागि आज दिउँसो जानकी मन्दिरबाट बाजागाजा सहितका टोली धार्मिक तथा पौराणिक महत्वको गंगासागर पोखरीमा पुगेर मटकोर विधि गरिनेछ ।

मिथिलामा विवाह पूर्व बेहुला र बेहुलीलाई मटकोर गर्ने चलन रहेको छ । सोही चलन अनुसार रामजानकी विवाहको अघिल्लो दिन मटकोर विधि गर्न लागिएको हो ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो  दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि गरिन्छ ।

यस्तै छैटौँ तथा मुख्य दिन मंसिर शुक्ल पञ्चमीमा भोलि स्वयंवर र राति वैवाहिक कार्यक्रम रहेको छ ।

त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिएको छ । विवाहपञ्चमीको भोलिपल्ट मङ्गलबार रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ८ : ३६ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी