अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना « Khabarhub

अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ ।

विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो । विभागले आइतबार रूपन्देही र काठमाडौँका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुमगन गरेको र कैफियत देखिएकालाई जरिवाना गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

त्यसमा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बिक्री वा प्रदान गर्ने कार्यलाई अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको मानिने उल्लेख छ ।

ऐनको दफा ३९ मा ‘बजार अनुमगन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले देहायको कुनै कसुर गरेको देखिएमा निजलाई निरीक्षण अधिकृतले देहाय बमोजिम जरिवाना गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

ऐनअनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएको खण्डमा निरीक्षण अधिकृतले अधिकतम रु दुई लाखदेखि रु तीन लाखसम्म जरिवाना गर्न सक्नेछन् ।

यस्तै विभागले तिरूपति फुड प्रोसोसिङ इण्डस्ट्रिज सिदार्थनगर रूपन्देहीलाई पनि रु दुई लाख पाँच हजार जरिवाना गरेको छ ।

विभागले पञ्चकन्या स्टीललाई सामान्य निर्देशन दिएको छ । विभागले आइतबार आकवा मिनरल्स, त्रिकोण वेभरेज, कुण्डपानी प्रशोधन उद्योग, अन्न्पूर्ण इन्डस्ट्रिज, एनबि वेभरेज, शुभकामना मिनिरल वाटर एण्ड वेभरेज, चण्डेस्वरी मिनरल वाटर एयड वेभरेल, झरना प्योर ड्रिङकिङ वाटर प्रालि र कीर्तिपुर सहकारी खानेपानी उद्योगमा स्थलगत अनुमगन गरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ९ : ३२ बजे

साउदी अरबको ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्षमा नयाँ उपलब्धि

रियाद- साउदी अरबले शनिबार ‘शम्स’ नामक उपग्रह सफलतापूर्वक प्रक्षेपण गर्दै

रोकिएन सेयर बजारको पहिरो, कारोबारको अढाई घण्टामै सय अंकले ओरालो

काठमाडौं- साताको पहिलो दिन आइतबार कारोबार सुरू भएको साढे २

मध्यपूर्वमा युद्धको दायरा विस्तार

पेरिस– मध्यपूर्वमा युद्धको तीव्रता थप बढ्दै जाँदा विभिन्न देशमा आक्रमण,

सुशासन र पारदर्शितामा सांसदहरूको जोड

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा  नवगठित सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार

डा. गौतमको अध्यक्षतामा नेपाल आयुर्वेद चिकित्सक संघको नयाँ कार्यसमिति निर्वाचित 

काठमाडौं– नेपाल आयुर्वेद चिकित्सक संघमा डा. शंकर गौतमको अध्यक्षतामा नयाँ