वीरगञ्ज भन्सार : चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व संकलन « Khabarhub

वीरगञ्ज भन्सार : चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व संकलन


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२-८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व संकलन गरेको छ । 

भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा ८९ अर्ब २४ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व संकलन भएको हो । चालु आवको साउन, भदौ र असोज महिनामा राजस्व संकलन उत्साहजनक भए पनि कात्तिक महिनामा भने राजस्व संकलन उत्साहजनक देखिएको छैन । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले कात्तिक महिनामा जेन-जी आन्दोलन, छठपर्व, बाढीलगायतका कारणले पनि राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको बताए।

‘चालु आवको तीन महिनामा राजस्व संकलन लक्ष्य उन्मुख भइरहेको थियो’, उनले भने, ‘कात्तिक महिनामा २३ अर्ब ६३ करोड लक्ष्य राखिएकामा सो अवधिमा रु १७ अर्ब ३३ करोड राजस्व सङ्कलन भएको छ ।’ 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउन महिनामा १८ अर्ब ४४ करोड, भदौ महिनामा २० अर्ब ७३ करोड, असोज महिनामा १९ अर्ब नौ करोड र कात्तिक महिनामा भने १७ अर्ब ३३ करोड राजस्व संकलन भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १२ : ३४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको