किसानलाई हरेक वर्ष मलकै अभाव « Khabarhub

किसानलाई हरेक वर्ष मलकै अभाव


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

देवदह– हरेक वर्षझैँ यस वर्ष पनि किसानको उस्तै पीडा, चिन्ता र सङ्घर्ष छ । गहुँको बीउ छर्न मल अभावले किसान चिन्तित छन् । अर्कोतर्फ बेमौसमी वर्षाका कारण पानीमा डुबेर नष्ट भएको धानबाली निकाल्नै कठिन छ । कृषि पेसामा आत्मनिर्भर बन्ने सपना बोकेका किसानको दैनिकी भागदौड, चिन्ता र निराशाले भरिएको छ ।

अहिले धानबाली भित्र्याउने बेला हिउँदे बाली लगाउन किसान चटारोमा छन् । कोही मल नपाएर बीउ खेतमा छर्न सकिरहेका छैनन् भने कोही धानबाली नै निकाल्न नसकेर चिन्तित छन् । कृषि कर्मको प्राण नै मल–बीउ भएको ठान्ने किसानका लागि यतिबेला सबैभन्दा ठूलो चुनौती मल–बीउ नै भइरहेको छ । 

रूपन्देहीको मर्चवारी गाउँपालिका–२ का सुमेर यादव यतिबेला गहुँ र दलहनको खेती तयारीमै व्यस्त छन् । तर, मल–बीउ ल्याउन नपाए खेतीपाती नै अधुरो हुने उनलाई चिन्ता छ । 

यादवले भने, ‘सरकारले समयमा  पर्याप्त मल–बीउ उपलब्ध गराउन सकेको छैन । मलका लागि छिमेकी मुलुक भारतकै भर पर्नुपर्छ । कहिले मल सहजै ल्याउन पाइन्छ । तर, बेलाबखत सुरक्षाकर्मीको गाली खानुपर्छ । किसान भएकै कारण हामीलाई धेरै पीडा सहनुपरेको छ ।’

कोटहीमाई गाउँपालिका–७ का दिनेश लोधको समस्या पनि उस्तै छ । सहकारी संस्थामा मल आएको खबर सुन्नासाथ बिहान सबेरै दौडनु, लाइनमा बस्नु र नपाए फर्केर फेरि भारतीय बजार धाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

‘सहकारीमा बिहानै लाइन बसिएन भने मल पाइँदैन । त्यहाँ नपाए सीमावर्ती भारतीय बजार धाउनुपर्छ’, उनले भने, ‘मल बिना खेती गर्न सकिन्न ।’

सम्मरीमाई गाउँपालिका–७ का साहुल हरिजनको पीडा भने भिन्न छ । बेमौसमी वर्षाले डुबानमा परेको खेतबाट धानबाली निकाल्न चुनौती रहेको उनी बताउँछन् । हरिजनका अनुसार पानीको उचित निकास नहुँदा धेरैजसो धानबाली खेतमै नष्ट भइसकेको छ । बचेका बोट–बिरुवा उठाएर सुकाउने काममै उनी व्यस्त छन्।

‘हाम्रो खेतमा बर्सेनि पानी जमेर बाली नष्ट हुन्छ । कुलो–नाला व्यवस्था भए हामी जोगिन सक्थ्यौँ । किसानको पीडा बुझ्ने समय कहिले आउँला ?’ उनले प्रश्न गरे। यी समस्या केवल रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको मात्र होइनन्, तराई–मधेसका किसान बर्सेनि मल–बीउको अभाव, उचित बजार मूल्य नपाउनु, मल पाउन सास्ती र बेमौसमी वर्षाबाट धानबालीमा क्षतिलगायतका समस्या झेलिरहेका छन् । 

खेतमा पसिनै बगाएर आफ्नो र परिवारको गुजारा चलाउने आफूहरुको पीडा कसैले गम्भीर रूपमा नलिएसम्म कृषिबाट समृद्धिको सपना केवल कागजमै सीमित हुने किसान बताउँछन् । कोटहीमाई गाउँपालिकामा रहेका १८ सहकारीमार्फत मल वितरण भइरहे पनि किसानले आफ्नो आवश्यकताअनुसार भने पाउन सकेका छैनन् ।

रुपन्देहीमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रादेशिक कार्यालय भैरहवामार्फत मल वितरण भइरहेका छ । तर मागअनुसार र समयमा मल नपाउँदा किसान मर्कामा पर्दै आएका छन् ।
 

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १२ : ५६ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक