‘गोबर ग्यास’ कार्यक्रम प्रभावकारी बन्दै « Khabarhub

‘गोबर ग्यास’ कार्यक्रम प्रभावकारी बन्दै


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पौवादुङमा गाउँपालिकाले खाना पकाउने इन्धनका रूपमा गोबर ग्यासको कार्यक्रम सञ्चालन गरेपछि स्थानीय महिलालाई सहज भएको छ । गाउँपालिकाले पशुपालनसँगै गोबर ग्यास उत्पादनलाई जोड दिँदै स्वदेशमै उपलब्ध स्रोत प्रयोग गर्ने लक्ष्यसहित कार्यक्रम विस्तार गरेको हो । 

गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईका अनुसार गत वर्षदेखि नमूनाका रूपमा पशुपालनमा आबद्ध किसानलाई लक्षित गर्दै गोबर ग्यास जडान प्रक्रिया अघि बढाइएको हो । महिला विकास बोर्डमार्फत आत्मनिर्भर कार्यक्रमअन्तर्गत गाई वितरणसँगै गृहिणी महिलालाई लक्षित गरी गोबर ग्यास स्थापना गरिएको उनले बताइन्। 

‘हामीले महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ’, उपाध्यक्ष राईले भनिन्, ‘विशेष गरी पशुपालनमा आबद्ध किसानलाई गोबर ग्यास प्रवर्द्धन गरेर आयातित ग्यासमाथिको निर्भरता घटाउने र भान्सामा थप सहजता ल्याउने उद्देश्य राखेका छौँ ।’

गाउँपालिकामा महिला विकास बोर्डअन्तर्गत गाईपालन, भैँसीपालन, बङ्गुरपालन, बाख्रापालन, तरकारी तथा फलफूलखेती, गड्यौला मल उत्पादनजस्ता कार्यक्रम सबै वडामा सञ्चालन भइरहेका छन् । महिला उद्यमशीलतालाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइएको उपाध्यक्ष राईले बताइन्।

पौवादुङमा–१ श्यामशिलामा गोबर ग्यास जडानका लागि एक परिवार बराबर गाउँपालिकाबाट रु १५ हजार, सङ्घीय सरकारबाट रु २५ हजार र किसानको रु ५० हजार खर्च भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा श्यामशिलाका दुई परिवारले नमूनाका रूपमा गोबर ग्यास प्रयोग गर्न थालेका छन् ।

गोबर ग्यास जडानपछि खाना पकाउने, पानी तताउनेदेखि घरायसी काम सहज भएको स्थानीय तारा तामाङ बताउँछन् । 

‘गोबर ग्यासको कार्यक्रमले हामीलाई सहज भएको छ’, उनले भने, ‘महिला लक्षित कार्यक्रमले उद्यममा जोडिन सजिलो भएको छ । पशुपालन, तरकारीखेतीजस्ता कार्यक्रमले हामीलाई आत्मनिर्भर बन्न प्रोत्साहन दिएको छ ।’

यस्तै, गोबर ग्यास प्रयोगसँगै बाहिरबाट ग्यास किन्नुपर्ने बाध्यता हटेको श्यामशिलाका भरतबहादुर कार्कीले बताए। 

‘अब दाउराको प्रयोग पनि निकै घटेको छ’, उनले भने, ‘यसले समय, श्रम र खर्च सबै घटाएको छ ।’
 

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १ : १६ बजे

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ– कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

फेवातालको मापदण्ड र संरचना भत्काइएकोप्रति कर्ण शाक्यको आपत्ति

पोखरा- पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरास्थित वाटरफ्रन्ट होटलको पर्खाल पूर्वसूचनाबिना

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्दैछ ।

वीरगञ्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो

पर्सा– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक