जनकपुरको कसिलो बलिङ : विराटनगरले दियो १३६ रनको लक्ष्य « Khabarhub

जनकपुरको कसिलो बलिङ : विराटनगरले दियो १३६ रनको लक्ष्य


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सले जनकपुर बोल्टस्ले १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन बनाएको हो ।

जनकपुरको कसिलो बलिङले सुरुवाती तीन ब्याटर सस्तैमा आउट भए । २६ बलमा ओपनर लोकेश बमले २ चौका र १ छक्का प्रहार गरे ।
अर्का आपेनर जर्ज मुन्से १० रन जोडेर आउट भए ।

पहिलो विकेट गुमेपछि क्रिजमा आएका मार्टिन गुप्टिलले १५ बल खर्चेर १३ रन जोडे ।

बसिर अहमद र शुभम रञ्जने विराटनगरको ब्याटिङ उकास्ने प्रयास गरे ।

बसिरले ३५ बलमा ३ छक्काको सहयोगमा ३६ रन जोडे । विराटनगरका सर्वाधिक रनकर्ता रञ्जानले २९ बलमा दुई चौका र दुई छक्का ३७ रन जोडे । उनी रन आउट भएका हुन् । 

अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । जनकपुरको कसिलो ब्याटिङले विराटनगरका ब्याटरहरुले कम संख्यामा बाउन्ड्री खेले । विराटनगरले जम्म सात चौका र ६ छक्का प्रहार ग¥यो । 

बलिङतर्फ जनकपुरका संगीत कुरेले दुवै ओपनर लोकेश बम र जर्ज मुन्सेलाई आउट गराए । आदित्य मेहेताले मार्टिन गुप्टिलको महत्त्वपूर्ण विकेट लिए । 

दोस्रो सर्वाधिक रनकर्ता बसिर अहमदलाई रुपेश सिंहले आउट गराए । रुपेशले दुई विकेट लिए । 

आजको खेलको सबैभन्दा खर्चिलो बलर किशोरी महतो बने । दुई ओभर बलिङ गर्दा उनले विकेटरहित रहेर १९ रन खर्चिए ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १ : १२ बजे

बसको ठक्करबाट एक बालकको मृत्यु

चितवन– चितवनमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ– कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

फेवातालको मापदण्ड र संरचना भत्काइएकोप्रति कर्ण शाक्यको आपत्ति

पोखरा- पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरास्थित वाटरफ्रन्ट होटलको पर्खाल पूर्वसूचनाबिना

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्दैछ ।