विराटनगरका कप्तान सन्दीपले लिए २ महत्त्वपूर्ण विकेट, जनकपुरका तीन ब्याटर आउट « Khabarhub

विराटनगरका कप्तान सन्दीपले लिए २ महत्त्वपूर्ण विकेट, जनकपुरका तीन ब्याटर आउट


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले जनकपुर बोल्टस्को दुई महत्त्वपूर्ण विकेट लिएका छन् । 

सन्दीपले ओपनर लाहिरु मिलन्था र जनकपुरका कप्तानसमेत रहेका ब्याटर अनिल शाहको विकेट लिएका हुन् ।

 १४ बलमा चार रन जोडेका अनिषलाई सन्दीपले ६ ओभरको चौथो बलमा आउट गराएका हुन् । त्यस्तै, ८ ओभरको दोस्रो बलमा ओपनर मिलन्थालाई सन्दीपले बोल्ट गराएका हुन् । 

मिलन्थाले २२ बलमा २३ रन जोड्न २ चौका र १ छक्का प्रहार गरेका थिए । जनकपुरको पहिलो विकेट सूर्य तामाङले लिएका हुन् । उनले ओपनर आशिफ शेखलाई २ ओभरको चौथो बलमा आउट गराएका हुन् ।

आशिफले ११ बलमा १३ रन जोड्न २ चौका र १ छक्का प्रहार गरे । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रियक क्रिकेट रंगशालामा जनकपुर टस जितेर १३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  २ : १३ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको