एनपीएल २ : विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार « Khabarhub

एनपीएल २ : विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सले साबिक विजेता जनकपुर बोल्टसलाई ९ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन बनाएको हो । 

यो विराटनगरको तीन खेलमा लगातार तेस्रो जित हो । विराटनगरले यसअघि काठमाडौं गुर्खाज र पोखरा एजेन्जर्सलाई पराजित गरेको थियो । 

साबिक विजेता जनकपुरले दोस्रो खेलसम्म आइपुग्दा जित हात पार्न सकेको छैन । यसअघि यो टिमले काठमाडौंसँग हारेको थियो ।

बलिङ निर्णाय भएको यस खेलमा विराटनगरको जितका लागि कप्तान सन्दीप लामिछानले सर्वाधिक चार विकेट लिए । उनले जनकपुरका ओपनर लाहिरु मिलन्था र कप्तान अनिल शाहको महत्त्वपूर्ण विकेटसमेत लिए ।

सूर्य तामाङले ओपनर आशिफ शेख र सञ्जय कृष्णमूर्ति महत्त्वपूर्ण विकेट लिए । मर्चेन्ट डे लाङ्गे र शुभम रञ्जनेले समान एक-एक विकेट लिए ।

बसिर अहमदले विराटनगरको तर्फबाट खर्चिलो बलिङ गरे । उनले १ ओभरमा १३ रन जोडे । किफयाती बलर कप्तान सन्दीप बने । उनले ४ ओभर बलिङ गर्दा ४ विकेट लिएर मात्रै ११ रन खर्चिए ।

जनकपुरका सुरुवाती क्रमका ब्याटरहरु आजको खेलमा खासै चल्न सकेनन् । 

३ विकेट गुमेपछि ८ ओभरको तेस्रो बलमा क्रिजमा आएका जान निकोल लोफ्टी-इटनले जनकपुरको ब्याटिङ सम्हालेका थिए । उनी नै जनकपुरको सर्वाधिक रन बनाउने खेलाडी हुन् । 

१९ ओभरको पहिलो बलमा रन आउट भएका इटनले ४१ रन जोडे । ३० बलमा उनले ४ चौका र एक छक्का प्रहार गरे । 

दोस्रो सर्वाधिक रन जोड्ने ओपनर लोकेश बम हुन् । उनले २२ बलमा २ चौका र एक छक्काको सहयोगमा २३ रन जोडे । 

सञ्जय कृष्णमूर्तिले १२ बलमा २ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । अर्का ओपनर आशिफ शेखले ११ बलमा १३ रन जोड्न २ चौका प्रहार गरे । 

अन्य खेलाडीको ब्याटिङ सम्झन लायक रहेन । कप्तान अनिल शाह जस्ता भर गरेका ब्याटर १४ खर्चेर ४ रन जोडेर आउट भए ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ३ : १४ बजे

अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै (तस्बिरहरू)

काठमाडौं – विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न विभागको सक्रियता : आजमात्रै २९ जाहेरी दर्ता, ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका

गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको वार्षिक कार्यक्रमअन्र्गत आयोजित लोकनृत्य प्रतियोगितामा

दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं । विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको