प्रहरीले भन्यो- टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी नै छ « Khabarhub

प्रहरीले भन्यो- टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी नै छ


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनमा टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी नै रहेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टिओबीका मुख्य व्यक्ति भनिने तेन्जिन दावा लामा हिरासतमै रहेको र जेन-जी आन्दोलनमा टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी रहेको जनाएको हो । 

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले टिओबीको लोगोको डिजाइन हिरासतमै रहेका तेन्जिनले गरेको खुलेको बताए ।

भाद्र २३ गते १२ बजेको समयमा बिजलीबजार पुगेर बाइक पड्काउँदै नारा जुलुस गर्नुका साथै सो समूहले भीडलाई उत्तेजित गर्ने काम गरेको भट्टराईले बताए । 

तेन्जिनले आफूलाई आधा तिबेतियन भएको कुरा प्रहरीलाई भनेको र सो समूहमा तेन्जिन बाहेक अरु सबै सदस्य नेपाली मूलको भएको खुलेको प्रहरीले जनाएको छ । 

त्यस्तै हिरासतमा रहेका तेन्जिनले आफूले भीडमा गएर उत्तेजित गर्ने काम गरेर गल्ती गरेको बताएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा १० जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेकाहरूले २ करोड ५ लाखको कारोबार गरेको देखिएको परिसरका प्रवक्ता भट्टराईले बताए ।

नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि करिव ४ सय जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ । 

त्यसैगरि भट्टराईले काठमाडौँको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कमा एक महिलाको हत्या आरोपमा २४ वर्षीय सूर्य थापालाई पक्राउ गरी अनुसन्धान भइरहेको र पक्राउ परेका थापाले हत्या गरेको स्वीकार गरेको जानकारी दिए । 

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ६ : ११ बजे

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

मस्को- रुसमा ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’ चयनका लागि शुक्रबारदेखि