सर्वाधिक रन बनाउने कर्णालीका दुई ब्याटर सुदूरपश्चिमका ऐरीको बलको शिकार « Khabarhub

सर्वाधिक रन बनाउने कर्णालीका दुई ब्याटर सुदूरपश्चिमका ऐरीको बलको शिकार


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको कर्णाली याक्सले दुई महत्त्वपूर्ण हिटरलाई गुमाएको छ । 

ओपरनद्वय जोश ब्राउन र मार्क वाट सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको शिकार बनेर मैदानबाट बाहिरिएका हुन् ।

३ ओभरको तेस्रो बलमा मार्क १० बलमा २ छक्काको सहयोगमा १७ रन जोडेर आउट भए । उनी सिजनकै एक मात्र शतक प्रहार गर्ने ब्याटर हुन् ।

लुम्निबी लायन्सविरुद्धको खेलमा उनले ४४ बलमा अविजीत ११४ रन जोडेका थिए ।

पहिलो दोस्रो ओभरको पाँचौ बलमा कर्णालीले ऐरीकै बलमा प्रियांक पञ्चाललाई गुमाएको छ ।

यस सिजनको दोस्रो सर्वाधिक दोस्रो रन बनाउने पञ्जाललाई ऐरीले बिनोद भण्डारीमार्फत् क्याच आउट गराएका हुन् ।

आजको खेलमा पञ्चालको ब्याटिङ चलेन । पञ्चाल पाँच बलमा सामना गर्दा रनको खाता नखोली आउट भएका हुन् ।
टिमको पहिलो खेलमा पञ्चाल चितवन राइनोजविरुद्ध ४८ बलमा ९० रन जोडेका थिए । उनी सिजनको सर्वाधिक दोस्रो रन बनाउने खेलाडी हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ६ : २५ बजे

बसको ठक्करबाट एक बालकको मृत्यु

चितवन– चितवनमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ– कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

फेवातालको मापदण्ड र संरचना भत्काइएकोप्रति कर्ण शाक्यको आपत्ति

पोखरा- पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरास्थित वाटरफ्रन्ट होटलको पर्खाल पूर्वसूचनाबिना

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्दैछ ।