कप्तान ऐरीको धारिलो बलिङले धर्मरायो कर्णालीको ब्याटिङ, गुम्यो ४ विकेट « Khabarhub

कप्तान ऐरीको धारिलो बलिङले धर्मरायो कर्णालीको ब्याटिङ, गुम्यो ४ विकेट


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध जबाफी ब्याटिङमा उत्रिएको कर्णाली याक्सले चार विकेट गुमाएको छ । 

सस्तैमा सुरुवाती चार ब्याटर गुमाएपछि कर्णालीको ब्याटिङ धर्मराएको छ । खेल पाँच ओभरको दोस्रो बलमा पुग्दा कर्णाली ४ विकेटको क्षतिमा २९ रनको धराशायी अवस्थामा छ ।

सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले तीन महत्त्वपूर्ण तीन विकेट लिएका छन् ।

 ओपनरद्वय प्रियांक पञ्चाल र जश ब्राउन ऐरीकै धारिलो बलिङको शिकार भएका हुन् । चौथो विकेटका रुपमा नजिबुल्लाह जद्रानलाई पनि ऐरीले नै मैदानबाट बिदा गरेका हुन् । जद्रानले चार बल खर्चेर १ रन जोडे ।

जारी सिजनमा एक मात्र शतक प्रहार गर्ने मार्कवाट यस खेलमा सस्तैमा आउट भए । उनले १० बलमा १७ रन जोडे । मार्कले लुम्बिनी लान्यसविरुद्ध अविजीत ११४ रन प्रहार गरेका हुन् । 

सिजनको दोस्रो सर्वाधिक रन बनाउन प्रियांकले आजको खेलमा रनको खाता पनि खोल्न सकेनन् । उनी पाँच बल सामना गरेर आउट भए । 

पञ्चालले  चितवन राइनोजविरुद्ध ९० रन प्रहार गरेका थिए ।  विलियम बोसिस्टो भने हेमन्त धामीको बलको शिकार भए । उनले ९ बल खर्चेर ३ रन जोडे । 

सुरुवाती ब्याटरहरु र भर गरेका हिटरहरु सस्तैमा आउट भएपछि कर्णालीको ब्याटिङ धर्मराएको छ ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर जबाफी ब्याटिङमा उत्रिएको कर्णालीले १४० रनको लक्ष्य पाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ६ : ३५ बजे

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय

गण्डकीका ३५ सहकारी खारेज

गलकोट– सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी