कप्तान ऐरीको धारिलो बलिङले धर्मरायो कर्णालीको ब्याटिङ, गुम्यो ४ विकेट « Khabarhub

कप्तान ऐरीको धारिलो बलिङले धर्मरायो कर्णालीको ब्याटिङ, गुम्यो ४ विकेट


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध जबाफी ब्याटिङमा उत्रिएको कर्णाली याक्सले चार विकेट गुमाएको छ । 

सस्तैमा सुरुवाती चार ब्याटर गुमाएपछि कर्णालीको ब्याटिङ धर्मराएको छ । खेल पाँच ओभरको दोस्रो बलमा पुग्दा कर्णाली ४ विकेटको क्षतिमा २९ रनको धराशायी अवस्थामा छ ।

सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले तीन महत्त्वपूर्ण तीन विकेट लिएका छन् ।

 ओपनरद्वय प्रियांक पञ्चाल र जश ब्राउन ऐरीकै धारिलो बलिङको शिकार भएका हुन् । चौथो विकेटका रुपमा नजिबुल्लाह जद्रानलाई पनि ऐरीले नै मैदानबाट बिदा गरेका हुन् । जद्रानले चार बल खर्चेर १ रन जोडे ।

जारी सिजनमा एक मात्र शतक प्रहार गर्ने मार्कवाट यस खेलमा सस्तैमा आउट भए । उनले १० बलमा १७ रन जोडे । मार्कले लुम्बिनी लान्यसविरुद्ध अविजीत ११४ रन प्रहार गरेका हुन् । 

सिजनको दोस्रो सर्वाधिक रन बनाउन प्रियांकले आजको खेलमा रनको खाता पनि खोल्न सकेनन् । उनी पाँच बल सामना गरेर आउट भए । 

पञ्चालले  चितवन राइनोजविरुद्ध ९० रन प्रहार गरेका थिए ।  विलियम बोसिस्टो भने हेमन्त धामीको बलको शिकार भए । उनले ९ बल खर्चेर ३ रन जोडे । 

सुरुवाती ब्याटरहरु र भर गरेका हिटरहरु सस्तैमा आउट भएपछि कर्णालीको ब्याटिङ धर्मराएको छ ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर जबाफी ब्याटिङमा उत्रिएको कर्णालीले १४० रनको लक्ष्य पाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ६ : ३५ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका