कप्तान ऐरीको धारिलो बलिङले तीन खेलमा हारविहीन बन्न पुग्यो सुदूरपश्चिम, हार्‍यो कर्णाली « Khabarhub

कप्तान ऐरीको धारिलो बलिङले तीन खेलमा हारविहीन बन्न पुग्यो सुदूरपश्चिम, हार्‍यो कर्णाली


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको धारिलो बलिङले कर्णाली याक्स ४५ रनले पराजित भएको छ । 

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कर्णालीलाई सुदूरपश्चिमले १९ ओभरको पहिलो बलमा सबै लिएर ९४ रनमा समेटेको हो ।

यो सुदूरपश्चिमको शतप्रतिशत तेस्रो जित हो । यस टिमले पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजलाई हराएको थियो । 

कर्णालीले भने तीन खेलमा दुई हार सहेको छ । यसअघि कर्णालीले लुम्बिनी लायन्ससँग जित निकालेको थियो भने चितवन राइनोजसँग हार बेहोरेको थियो ।

 बलिङ निर्णायक रहेको यस खेलमा सुदूरपश्चिमका कप्तान ऐरीले ओपनरद्वय प्रियांक पञ्चाल र मार्क वाटको महत्तवपूर्णसहित चार विकेट लिए ।

प्रियांकले पाँच बलको सामना गर्दा रनको खाता खोल्न सकेनन् । मार्क १० बलमा १७ रन जोडेर आउट भए । 

मार्क जारी सिजनको सर्वाधिक रनकर्ता हुन् । मार्कले लुम्बिनी लान्यसविरुद्ध अविजित ११४ रन प्रहार गरेर रेकर्ड बनाएका हुन् । सिजनको एक्लो शतक हान्ने मार्क नै हुन् । 

सिजनको दोस्रो रनकर्ता प्रियांक पञ्चाल हुन् । उनले चितवन राइनोजविरुद्ध ९० रन प्रहार गरेका थिए । तत्कालीन समयका सर्वाधिक रनकर्ता पञ्चालको रेकर्ड आफ्नै टिमका मार्कले तोडेका थिए । 

ऐरीले ब्याटर नजिबुल्लाह जद्रानलाई पनि सस्तैमा आउट गराए । जद्रानले ४ बल खेलेर १ रन मात्रै जोडे । 

पहिलो विकेट झरेपछि ब्याटिङमा गएका विलियम बोसिस्टोलाई सुदूरपश्चिमका हेमन्त धामीले ३ रन जोडेको अवस्थामा आउट गरे । विलियमले ९ बल खर्चिए । 

कर्णालीबाट सर्वाधिक २७ रन जोड्ने पवन सर्राफ सुदूरपश्चिमका अभिनास बोहोराको बलिङमा क्याच आउट भए । अभिनासले ३ ओभर २ बल बलिङ गर्दा २ विकेट लिँदै १४ रन दिए ।

स्कट कुगेलेइजनले किफयाती बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दा १ विकेट लिएर मात्रै ९ रन दिए । 

हर्मित सिंहले २ विकेट लिए । १ ओभर बलिङ गर्दा उनले ६ रन दिएर १ विकेट लिए । हेमन्त धामीले २ ओभर बलिङ गर्दा एक विकेट लिएर ११ रन खर्चिए ।

ब्याटिङतर्फ कर्णालीका ब्याटरहरुको प्रस्तुती सुखद रहेन । सूरुवातदे्खि नै यो टिमले ब्याटिङमा लय समात्न सकेन । यो खेलमा कर्णाली मात्रै २ छक्का र ८ चौका प्रहार गर्‍यो ।

सबैभन्दा बढी २७ रन हान्ने कर्णालीका खेलाडी पवन सराफ हुन् । उनले २६ बलमा ४ चौका हान्दै २७ रन जोडे । मार्कले १७, कप्तान सोमपाल कामीले १४, गुल्सन झा र अर्जु घर्तीले समान १३–१३ रन जोडे ।

कर्णालीका ६ खेलाडीले दोहोरो रन बनायन सकेनन् । तीमध्ये ओपनर प्रियांक, युवाराज खत्री र विपीन शर्मा रनविहीन बने ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ७ : ३८ बजे

शान्ति वार्ताअघि लेबनानमा इजरायलको हवाई हमला, साइडनमा तीन जनाको मृत्यु

काठमाडौं- लेबनानमा इजरायलले हवाई आक्रमण तीव्र पारेको छ । दक्षिणी

समयमा उद्दार नहुँदा मर्‍यो हिलोमा गाडिएको जंगली हात्तीको छावा

इनरुवा– बराहक्षेत्र नगरपालिका–२ स्थित बिसआरडीस्थित गहने खोलामा जङ्गली हात्तीको छावा

वैभवको रवाफ : क्रिस गेलको १४ वर्ष पुरानो रेकर्ड तोडे, अर्कोमा तीन रनले चुके

नयाँदिल्ली- राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले बुधबार आईपीएल एलिमिनेटरमा हैदराबादविरुद्ध

चैत मसान्तसम्मको कृषि मन्त्रालयको पुँजीगत खर्च ०.६ प्रतिशत मात्रै, अरुको कति ?

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिना अवधिमा संघीय सरकारको मन्त्रालयगत

स्वास्थ्य बीमा बोर्डको दायित्व भुक्तानी १८ अर्ब बढी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को चैत