जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान ! « Khabarhub

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक बलरले दुर्लभ कीर्तिमान बनाएका छन्। यसरी महत्त्वपूर्ण कीर्तिमान बनाएर नाम लेखाउन सफल भएका हुन इन्डोनेसियाका तीव्र गातिका बलर गेडे प्रियंदाना। जसले मंगलबार कोलम्बियाविरुद्धको टी–२० प्रतिस्पर्धामा एउटै ओभरमा पाँच विकेट लिएर नयाँ र अनौठो कीर्तिमान बनाएका हुन्।

प्रियंदानाले खेलको दोस्रो इनिङको १६ औं ओभरमा यस्तो कीर्तिमान बनाएका हुन्। २६ वर्षीय बलरको यो दुर्लभ कीर्तिमान हो। उनले एउटै ओभमा शाह अब्रार हुसेन, निर्मलजीत सिंह र चान्थोउन रठंनकलाई आउट गर्दै ह्याट्रिक पूरा गरे।

एक बल विकेट बिहीन बनेका उनले पाँचौ र छैटौं बलमा मोंगडारा शोक र पेल भेन्नाकलाई आउट गरेका हुन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो दुलर्भ उपलब्धि आफ्नो नाममा सुरक्षित गर्ने प्रियंदाना पहिलो खेलाडी हुन्। यसअघि केही बलरले घरेलु प्रतिस्पर्धामा केही रेकर्ड बनाए पनि अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो दृश्य हो।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ६ : २१ बजे

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, ३६ वर्षीय शाही पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को