जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान ! « Khabarhub

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक बलरले दुर्लभ कीर्तिमान बनाएका छन्। यसरी महत्त्वपूर्ण कीर्तिमान बनाएर नाम लेखाउन सफल भएका हुन इन्डोनेसियाका तीव्र गातिका बलर गेडे प्रियंदाना। जसले मंगलबार कोलम्बियाविरुद्धको टी–२० प्रतिस्पर्धामा एउटै ओभरमा पाँच विकेट लिएर नयाँ र अनौठो कीर्तिमान बनाएका हुन्।

प्रियंदानाले खेलको दोस्रो इनिङको १६ औं ओभरमा यस्तो कीर्तिमान बनाएका हुन्। २६ वर्षीय बलरको यो दुर्लभ कीर्तिमान हो। उनले एउटै ओभमा शाह अब्रार हुसेन, निर्मलजीत सिंह र चान्थोउन रठंनकलाई आउट गर्दै ह्याट्रिक पूरा गरे।

एक बल विकेट बिहीन बनेका उनले पाँचौ र छैटौं बलमा मोंगडारा शोक र पेल भेन्नाकलाई आउट गरेका हुन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो दुलर्भ उपलब्धि आफ्नो नाममा सुरक्षित गर्ने प्रियंदाना पहिलो खेलाडी हुन्। यसअघि केही बलरले घरेलु प्रतिस्पर्धामा केही रेकर्ड बनाए पनि अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो दृश्य हो।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ६ : २१ बजे

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको