नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ? « Khabarhub

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्। नेइमारले आफ्नो बायाँ घुँडाको शल्यक्रिया गराएको उनको क्लब सान्तोसले जानकारी गराएको हो।

लामो समयदेखि दुखाइको उपचार गराइरहेका ३३ वर्षीय नेयमारले दीर्घकालीन उपचारका लागि शल्यक्रिया गराएका हुन्। उनको घुँडामा गरिएको ‘आर्थ्रोस्कोपी’ शल्यक्रिया ब्राजिल राष्ट्रिय टोलीका चिकित्सककोसमेत सहभागीतामा भएको हो। उनको घुँडाको शल्यक्रिया डा. रोड्रिगो लासमारको टोलीले गरेको हो।

यो सामान्य शल्यक्रिया भएकाले चाँडै निको हुने अपेक्षा उनको क्लब सान्तोसले गरेको छ। नेइमारले विश्वकप खेल्ने तयारीस्वरुपम शल्यक्रिया गरेको बताएका छन्। उनले अमेरिकामा हुने २०२६ को विश्वकप खेल्ने सपना रहेको बताएका हुन्।

यता ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले भने उनलाई राष्ट्रिय टिममा समेटेका छैनन्। सन् २०२३ को अक्टोबरमा विश्वकप छनोट खेलमा घाइते भएका नेयमार अहिलेसम्म लयमा फर्किन सकेका छैनन्।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ०२ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर