नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ? « Khabarhub

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्। नेइमारले आफ्नो बायाँ घुँडाको शल्यक्रिया गराएको उनको क्लब सान्तोसले जानकारी गराएको हो।

लामो समयदेखि दुखाइको उपचार गराइरहेका ३३ वर्षीय नेयमारले दीर्घकालीन उपचारका लागि शल्यक्रिया गराएका हुन्। उनको घुँडामा गरिएको ‘आर्थ्रोस्कोपी’ शल्यक्रिया ब्राजिल राष्ट्रिय टोलीका चिकित्सककोसमेत सहभागीतामा भएको हो। उनको घुँडाको शल्यक्रिया डा. रोड्रिगो लासमारको टोलीले गरेको हो।

यो सामान्य शल्यक्रिया भएकाले चाँडै निको हुने अपेक्षा उनको क्लब सान्तोसले गरेको छ। नेइमारले विश्वकप खेल्ने तयारीस्वरुपम शल्यक्रिया गरेको बताएका छन्। उनले अमेरिकामा हुने २०२६ को विश्वकप खेल्ने सपना रहेको बताएका हुन्।

यता ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले भने उनलाई राष्ट्रिय टिममा समेटेका छैनन्। सन् २०२३ को अक्टोबरमा विश्वकप छनोट खेलमा घाइते भएका नेयमार अहिलेसम्म लयमा फर्किन सकेका छैनन्।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ०२ बजे

वामदेव अब राष्ट्रिय भाबाट प्रतिनिधि सभातिर, बर्दिया १ बाट उठ्न राजीनामा दिँदै

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम फागुन २१ गते

एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले छोडे पार्टी

काठमाडौं- नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटीका सदस्य खुमाकान्त पौडेलले पार्टी

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न