केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ « Khabarhub

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार कैदीबन्दीलाई पक्राउ गरेको छ ।

गत भदौ २३ र २४ को आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट फरार रहेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का टसी तामाङलाई मङ्गलबार पक्राउ गरेको ब्युरोले जनाएको छ ।

संरक्षित वन्यजन्तु सालकको खपटा आखेटोपहार ओसारपसार गरेको मुद्दामा गौरीशङ्कर संरक्षण क्षेत्रको कार्यालय दोलखाको २०७० मङ्सिर १७ को फैसलाबमोजिम तामाङले पाँच वर्ष कैद र ६२ हजार १७५ रुपैयाँ जरिवाना ठहर भई जगन्नाथदेवल, सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

कारागारबाट भागी फरार भई लुकिछिपी बसेको अवस्थामा ब्युरोको टोलीले काठमाडौंस्थित गोकर्णेश्वरबाट पक्राउ गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पेस गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ०२ बजे

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह

पूजाअर्चनासहित सरकारी निवासमा प्रधानमन्त्री शाह (तस्बिरहरू)

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार अपराह्न बालुवाटारस्थित

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट

तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा 

काठमाडौं– देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु

मन्त्रिपरिषदमा दोहोरिएका यी चार अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहसहित १५