फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण « Khabarhub

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै आएको छ । गत सातामा भालुको आक्रमणबाट आठ खसीबाख्रा मरेका छन् भने तीनवटा घाइते भएका छन् ।

हाङ्देवास्थित बुङ्कुलुङको धुपौरे क्षेत्रमा यसरी भालुले क्षति गरेपछि मङ्गलबार डिभिजन वन कार्यालयको अगुवाइमा फलामे खोर राखिएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष सुरज ओझाले जानकारी दिए ।

स्थानीय किसान नारायणप्रसाद भण्डारीको भेडाबाख्रा राखिएको खोर नजिकै फलामे खोर राखिएको हो । उहाँको खोरमा भालु पटकपटक प्रवेश गरेकाले पुनः आउन सक्ने भएकाले यहाँ खोर राखिएको अध्यक्ष ओझाले बताए ।

निमित्त डिभिजन वन अधिकृत ललितकुमार यादव, फेकोफनका जिल्ला अध्यक्ष ओझा, वडाध्यक्ष लक्षुमन गुरुङ र नेपाल प्रहरीका प्रतिनिधिसहितको टोली हाङ्देवा गएको थियो ।

स्थानीयवासीका अनुसार सोमबार राति नारायण भण्डारी र पदम गुरुङका दुईवटा बाख्रा भालुले खाएको छ भने तीनवटा घाइते भएका छन् ।

यसअघि गत पुस ४ गते भगिमान गुरुङका चारवटा बाख्रा भालुको आक्रमणमा मरेका थिए भने मङ्सिर २८ गते नारायण गुरुङको एउटा भेडा भालुले खाएको थियो ।

भालुको आतङ्क बढेसँगै स्थानीयले घाँस, दाउरा सङ्कलन र अलैँचीखेती गर्न जङ्गल जान सकिरहेका छैनन् । वडाध्यक्ष लक्षुमन गुरुङले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ८ : ०८ बजे

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०