सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेछ कारोबार ? « Khabarhub

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेछ कारोबार ?


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले बुधबार पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मङ्गलबारको तुलनामा बुधबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।

महासंघका अनुसार बुधबार सुन तोलामा नौ सय रुपैयाँले बढेर २ लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । आज चाँदीमा प्रतितोला १६५ रुपैयाँ बढेको छ । 

महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यसअघि मङ्गलबार प्रतितोला ४ हजार २५५ रुपैयाँमा कायम थियो । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ११ : १२ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल