भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम « Khabarhub

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कोषाध्यक्ष छिन् ।

२१ फागुनमा घोषित प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदवारका लागि पार्टीको आन्तरिक प्रतिस्पर्धामा रहेकी लीमाले चुनावी एजेण्डा सार्वजनिक गरेकी छन् ।

चीनको वुहान ह्वाचोङ विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन गरे्की अधिकारीले रास्वपाको सक्रिय राजनीतिमा प्रवेश गर्नुअघि नेपाल महिला चेम्बरको वरिष्ठ उपाध्यक्षका रूपमा व्यावसायिक पहिचान बनाएकी छन् ।

रास्वपाको खस–आर्य समूहबाट समानुपातिक उम्मेदवारकी आकांक्षी उनले आफ्ना मुख्य एजेण्डा र योजना सार्वजनिक गरेकी छन् ।

सामाजिक न्याय, युवा स्वरोजगार र महिला सशक्तीकरणका एजेण्डालाई लीमाले आफ्नो प्रतिबद्धतापत्रमा प्राथमिकतामा राखेकी छन् ।

‘वैकल्पिक राजनीतिमार्फत जनप्रतिनिधित्व, जनताका समस्या र आवश्यकतालाई सदनसम्म पुर्याउने र समाजका आवाजविहीन वर्गको आवाज बुलन्द गर्ने मेरने पहिलो ध्येय हनेछ’, उनले भनिन्, ‘समावेशी समाज निर्माणस् एक न्यायपूर्ण र समावेशी समाज निर्माणका लागि नीतिगत तहमा रहेर प्रभावकारी भूमिका खेल्ने प्रतिबद्ध मेरो छ ।’

लोककल्याणकारी राज्य निर्माण तथा राज्यलाई नागरिकको हितमा केन्द्रित गराउन र लोककल्याणकारी अवधारणा कार्यान्वयन गर्न सक्रिय भूमिका खेल्ने पनि उनको प्रतिबद्धता छ ।

अधिकारीले ‘युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ ठाउँमा नाम’, भन्ने मूल नारासहति युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने विषयलाई पनि एजेण्डामा समावेश गरेकी छन् ।

यस्तै सामाजिक र आर्थिक उत्थानमार्फत महिला सशक्तीकरण विशेष अभियान सञ्चालन गर्ने उनको लक्ष्यछ ।

रास्वपाले आफ्ना ठूलोबुबा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र बुबा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको सामाजिक उत्तरदायित्वसहितको राजनीतिक एजेण्डा अघि सारेको भन्दै उनले पार्टीमार्फत बाँकी कार्यभार पुरा गर्न चाहेको बताइन् ।

०५१ सालको मध्यावधि निर्वाचनपछि मनमोहन नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । सोही सरकारमा अर्थमन्त्री थिए भरतमोहन ।

९ महिने अल्पतको सरकारले ‘आफ्नो गाउँ आफैं बनाऔं’, भन्ने नाराअन्तर्गत पहिलोपटक स्थानीय तहमा विकासका लागि अनुदान रकम पठाउन सुरु गरेको थियो ।

यस्तै सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धभत्ता र एकल महिलाका लागि भत्ताको सुरुआत पनि त्यतिबेलै गरिएको थियो । सोही कारण मनमोहन र भरतमोहन ज्येष्ठ नागरिकका बीचमा अहिले पनि लोकप्रिय छन् । ‘म कुनै व्यक्तिगत आकांक्षा र शासकीय महत्वकांक्षाले राजनीतिमा आएको होइन ।

राज्य लोककल्याणकारी हुनुपर्छ र राज्यको श्रोत सबै नागरिकबीच समान रुपमा वितरण गरिनुपर्छ भन्ने मान्यता बोकेको मात्र होइन, व्यवहारतः कार्यान्वयन गर्नमा योगदान गरेको परिवारको पछिल्लो पुस्ताबाट केही योगदान गरौं भन्ने उद्धेश्यले यो बाटो रोजेकी हुँ’, लीमा भन्छिन् ।

कुनै समय एमाले राजनीतिको केन्द्र रहेको र सरकारका हुँदा लोकप्रिय काम गरेका मनमोहन र भरतमोहनको परिवारकी सदस्य लीमालाई त्यहीँ रहेर राजनीति गर्ने विकल्प खुलै हुँदा पनि वैकल्पिक झण्डा उठाएको बताउँछिन् ।

‘एमाले निर्माणमा धेरै लगानी गरेको र सरकारमा बसेर लोकप्रिय काम गरेका नेताहरुको परिवारको सदस्य हुनुको नाताले मलाई उतैबाट अवसर लिन कुनै कठिनाई थिएन । धेरै एमालेजनले बिरासतको राजनीतिक बाटो रोज्न नसुझाउनुभएको पनि होइन’, अधिकारी भन्छिन्, ‘तर,मनमोहन र भरतमोहनको समयको जस्तो जनतालाई र मुलुकलाई केन्द्रमा राखेर काम गर्ने एमाले नरहेको निस्कर्षसहित वैकल्पिक राजनीतिमा लागेकी हुँ ।’

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : २३ बजे

प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु

नेपालगन्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको

मंगलबारदेखि नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौं– नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक

एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट चौथो पटक सम्मानित

काठमाडौं– नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टकोआधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले