प्रतिनिधि सभा निर्वाचनका लागि ६ वटा क्षेत्रबाट ज्ञानेन्द्र शाही सिफारिस « Khabarhub

प्रतिनिधि सभा निर्वाचनका लागि ६ वटा क्षेत्रबाट ज्ञानेन्द्र शाही सिफारिस


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई देशका ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

शाहीलाई जुम्ला, ललितपुर–१, भक्तपुर–१, रुपन्देही–२, सुर्खेत–२ र कञ्चनपुर–२ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।

पार्टी नेतृत्वका अनुसार शाहीले पछिल्लो समय राष्ट्रियता, भ्रष्टाचारविरुद्धको आन्दोलन, संघीय संरचना खारेजी र संवैधानिक राजसंस्थाको पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै आएका कारण विभिन्न भूगोलबाट सिफारिस गरिएको हो। पार्टीले उनलाई संगठन सुदृढीकरण र जनआधार विस्तारमा प्रभावशाली नेताका रूपमा लिएको जनाएको छ।

राप्रपाले फागुन २१ को निर्वाचनलाई निर्णायक मान्दै देशभर रणनीतिक रूपमा उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको बताएको छ। पार्टी स्रोतका अनुसार अन्तिम उम्मेदवार टुंगो लगाउने निर्णय भने आगामी केन्द्रीय बैठकबाट हुने छ।

ज्ञानेन्द्र शाही सिफारिस भएका क्षेत्रहरूमा संगठन विस्तार र जनसम्पर्क अभियान तीव्र बनाउने तयारीमा राप्रपा जुटेको छ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : ४२ बजे

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत