प्रतिनिधि सभा निर्वाचनका लागि ६ वटा क्षेत्रबाट ज्ञानेन्द्र शाही सिफारिस « Khabarhub

प्रतिनिधि सभा निर्वाचनका लागि ६ वटा क्षेत्रबाट ज्ञानेन्द्र शाही सिफारिस


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई देशका ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

शाहीलाई जुम्ला, ललितपुर–१, भक्तपुर–१, रुपन्देही–२, सुर्खेत–२ र कञ्चनपुर–२ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।

पार्टी नेतृत्वका अनुसार शाहीले पछिल्लो समय राष्ट्रियता, भ्रष्टाचारविरुद्धको आन्दोलन, संघीय संरचना खारेजी र संवैधानिक राजसंस्थाको पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै आएका कारण विभिन्न भूगोलबाट सिफारिस गरिएको हो। पार्टीले उनलाई संगठन सुदृढीकरण र जनआधार विस्तारमा प्रभावशाली नेताका रूपमा लिएको जनाएको छ।

राप्रपाले फागुन २१ को निर्वाचनलाई निर्णायक मान्दै देशभर रणनीतिक रूपमा उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको बताएको छ। पार्टी स्रोतका अनुसार अन्तिम उम्मेदवार टुंगो लगाउने निर्णय भने आगामी केन्द्रीय बैठकबाट हुने छ।

ज्ञानेन्द्र शाही सिफारिस भएका क्षेत्रहरूमा संगठन विस्तार र जनसम्पर्क अभियान तीव्र बनाउने तयारीमा राप्रपा जुटेको छ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : ४२ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२