ओखलढुङ्गामा विद्यालय भवनको शिलान्यास, भारतको ४ करोड आर्थिक सहयोग « Khabarhub

ओखलढुङ्गामा विद्यालय भवनको शिलान्यास, भारतको ४ करोड आर्थिक सहयोग


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि नयाँ विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ।

शिलान्यास कार्यक्रम काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंह र सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले संयुक्त रूपमा गरे ।

भारत सरकारको ४ करोडभन्दा बढीको आर्थिक सहयोगमा निर्माण हुने यो भवन तीन र आधा तल्लाको हुनेछ।

यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको छ र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

सिद्धिचरण नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापन समिति र अन्य सरोकारवालाहरूले भारत सरकारको आर्थिक सहयोगको प्रशंसा गर्दै यस परियोजनाले स्थानीय शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

भारत–नेपाल साझेदारी विभिन्न क्षेत्रहरूमा व्यापक तथा बहु-क्षेत्रीय सहकार्यद्वारा चिनिन्छ। शिक्षा, विकास र समृद्धि क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको यो साझेदारीले दुई देशबीचको गहिरो मित्रता र सहकार्यको प्रतिबिम्ब प्रस्तुत गर्दछ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ४ : ०२ बजे

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत