लहान र धनगढीमाईमा बजार अनुगमन « Khabarhub

लहान र धनगढीमाईमा बजार अनुगमन


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार अनुगमन गरिएको छ । यसक्रममा मंगलबार लहान क्षेत्रमा र आज धनगढीमाई नगरपालिकाको बजार क्षेत्रमा अनुगमन गरिएको हो । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, इलाका प्रशासन कार्यालय लहान, घरेलु तथा साना उद्योग कार्यालय सिरहाको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा म्याद नाघेका उपभोग्य सामग्री नष्ट गर्नुका साथै बिना बिजबिजक सामान राख्ने तथा व्यवसाय गर्न लिएको अनुमति बाहेकका वस्तु बिक्री गर्ने पसललाई कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका अधिकृत सुनिल चौरासियाले जानकारी दिए । 

उनले भने, ‘अनुगमनका क्रममा म्याद नाघेका सामान नष्ट गरिनुका साथै नियमविपरीत व्यवसाय सञ्चालन गर्ने पसललाई जरिवाना गरिएको छ ।’

अनुगमनका क्रममा लहान-६ स्थित प्रेम ट्रेडर्सलाई १० हजार जरिवाना गरिएको छ भने लहान–६ को रमजान किराना स्टोर, विशाल किराना पसल, खुश्बु किराना पसल र राधा जनरल सप्लायर्सलाई जनही रु पाँच हजारका दरले जरिवाना गरिएको छ । जय माँ किराना पसललाई भने सामान्य सचेतिकरण गरिएको उनले बताए। 

आज धनगढीमाई नगरपालिकाको बजार क्षेत्रमा तीन वटा कस्मेटिक पसल, दुई वटा किराना पसल, दुई वटा जुत्ताचप्पल पसल र एउटा कपडा पसलमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कुनै पनि पसललाई जरिवाना नगरी व्यापारीलाई सचेतीकरण मात्र गरिएको अधिकृत चौरासियाले बताए। 

सुधार गर्ने उद्देश्यले नियमित अनुगमनअन्तर्गत गरिएको जनाउँदै आगामी दिनमा सिरहा सदरमुकामसहित अन्य बजार क्षेत्रमा पनि अनुगमनलाई निरन्तरता दिइने उनले बताए। अनुगमनका क्रममा कतिपय पसल सञ्चालकले सटर बन्द गरी असहयोग गरेका पनि पाइएको अधिकृत चौरासियाले उल्लेख गरे। 

यस सम्बन्धमा धनगढीमाई नगर उद्योग व्यापार सङ्घका अध्यक्ष सरोजकुमार महतोले व्यापारीहरू डराएर अनुगमनलाई असहयोग गर्नुपर्ने कारण नरहेको बताए। 

व्यवसाय दर्ता तथा नवीकरण गरेर नियमअनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले सामान्य त्रुटी भए अनुगमनका क्रममा सुधार गर्ने अवसर पाइने भएकाले नियमनकारी निकायलाई सहयोग गर्न व्यापारीलाई आग्रह गरे। 
 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ५ : २८ बजे

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।

भिक्टरले चलाए सुधन गुरुङ गृहमन्त्रीको लागि लायक छन् भन्ने पोल

काठमाडौं– रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सुधन गुरुङ

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह