मिल्दै राप्रपा र राप्रपा नेपाल, फुटेको चार वर्षपछि एकता गर्ने लिङ्देन-थापा सहमति « Khabarhub

मिल्दै राप्रपा र राप्रपा नेपाल, फुटेको चार वर्षपछि एकता गर्ने लिङ्देन-थापा सहमति


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच पार्टी एकताका लागि सहमति भएको छ ।

बुधबार दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाबीच भएको छलफलपछि एकता गर्ने सहमति भएको हो ।

एकतामा जाने निर्णय भएको राप्रपा नेपालका अध्यक्ष थापाले जानकारी दिएका हुन् । 

पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।

२०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए ।

थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए । जेन-जी आन्दोलनको उथलपुथलबीच मूलधारका दलहरूको चुनौती बढिरहँदा दुई राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच फेरि एकता हुने भएको हो ।

विभाजन भएको चार वर्षपछि गत कात्तिकमा दुई अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापा एकीकरणको प्रयासका लागि वार्तामा जुटेका थिए । त्यसैले करिब दुई महिनापछि मूर्तरुप पाएको हो ।

महाधिवेशनबाट राप्रपा छाडेको चार वर्षपछि थापाले लिङ्देनलाई अध्यक्ष स्वीकार्न तयार भएका हुन् ।

१८ कात्तिकमा राप्रपा नेपालले औपचारिक रूपमा राप्रपासँग एकताको प्रस्ताव गरेको थियो । दोस्रो तहका नेता केही चरण बसेपछि दुई अध्यक्षबीच एकताका लागि छलफल हुँदा यो निर्णय भएको हो ।

समान विचार भएका राजनीति दल र शक्तिसँग सहकार्य र एकताका लागि राप्रपा नेपालले थालेको पहलबीच दुई दल मिल्ने भएका हुन् ।

गत कात्तिक १८ गते राप्रपाका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा गठित वार्ता समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव गरेको थियो।

लिङ्देन निवास ललितपुरको लामाटारमा भएको उक्त भेटघाट र छलफल सकारात्मक रुपमा अघि बढेको त्यसबेला वार्ता समितिका सदस्य एवम् राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताएका थिए ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र ध्रुवीकरणबारे गम्भीर छलफलसहित समान विचार भएकाबीचको सहकार्य र एकताको आवश्यकताबारे त्यसक्रममा गहिरो चर्चा भएको उनले त्यसदिन बताएका थिए ।

‘राप्रपा अध्यक्ष लिङ्देनले एकता प्रस्तावलाई सकारात्मक रुपमा लिनुभएको छ’, लिङ्देनको भनाई उधृत गर्दै बर्तौलाले भनेका थिए, ‘पार्टीभित्र छलफल गरि चाँडै छलफलमा बस्ने जवाफ दिनु भएको छ ।’

त्यही संवादको उपलब्धि दुई राजावादी नेताहरू चार वर्षअघिको फुट र कटूता बिर्सिएर मिल्ने निर्णयमा पुगेका हुन् ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ६ : २६ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा