नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल « Khabarhub

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश लिन नेपाली कम्युनिष्ट पार्टी तयार रहेको बताएका छन् ।

सो पार्टीको सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टी सम्पूर्णरुपमा तयार रहेको बताए।

उनले भने, ‘निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुनुपर्छ । सरकारले त्यो वातावरण बनाउनुपर्छ । आगामी निर्वाचनमा सहभागी भएर ताजा जनमत लिन हाम्रो पार्टी तयार छ ।’

उनले गत भदौ २३ र २४ गते घटेका घटनाको यथोचित, वस्तुगत तथा निष्पक्ष छानबिन गर्न र निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रहसमेत गरे। 

नेता रावलले सुदूरपश्चिमका ९ वटै जिल्लामा पार्टीले एकता सन्देशसभा सम्पन्न गरेको र अब पालिकास्तर हुँदै वडास्तमा पुर्‍याइने बताए।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ६ : ३३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको