प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट « Khabarhub

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् । 

बुधबार सिंहदरबारमा प्रतिष्ठानका कुलपति निशा शर्मा, उपकुलपति शम्भु राईलगायत सम्मिलित टोलीले प्रधानमन्त्री कार्कीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरेको हो । 

त्यस अवसरमा कुलपति शर्माले प्रतिष्ठानको अवस्था र कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । देशभरको गीत, सङ्गीत तथा नाट्य विधामा अध्ययन अनुसन्धान गरी संरक्षणका काम गर्नुपर्ने भए पनि राज्यको प्राथमिकतामा नपरेको गुनासो पनि उनले गरे । 

प्रतिष्ठान अहिले ‘प्रिफ्याब’को अस्थायी टहरामा रहेकाले भवन निर्माणका लागि आवश्यक स्रोतसाधनको खोजीमा रहेको उनले जानकारी गराए ।

प्रधानमन्त्री कार्कीले सम्बन्धित मन्त्रालय तथा अन्य निकायहरूसँग परामर्श गरी भवन निर्माणमा सघाउन आवश्यक पहल गर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ६ : ५५ बजे

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर