जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ « Khabarhub

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन कैदी पक्राउ परेका छन् । 

जबरजस्ती करणी मुद्दामा सो कारागारमा कैद भुक्तानी गरिरहेका धादिङको धुनिवेँशी नगरपालिका–१ का ३४ वर्षीय सञ्जीव परियार र थाक्रे गाउँपालिका–१० का ३५ वर्षीय विवेक परियार तथा मकवानपुरको चुरियामाई गाउँपालिका–३ का ३७ वर्षीय राजेन्द्र परियारलाई केन्द्रीय अनुसन्धान ब्यूरोका टोलीले आज काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

सो मुद्दामा उनीहरूलाई जनही १३ वर्ष कैद सजाय कायम भएको थियो । उनीहरु २०७४ असोज १ गतेदेखि कैद सजाय भुक्तान गरिरहेको व्यूरोले जनाएको छ । 

पक्राउ परेका फरार कैदीलाई आजै कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको ब्यूरोका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : १२ बजे

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।

भिक्टरले चलाए सुधन गुरुङ गृहमन्त्रीको लागि लायक छन् भन्ने पोल

काठमाडौं– रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सुधन गुरुङ

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह