खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै « Khabarhub

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी निर्माण सुरु गरिएको छ । सो ट्यांकी निर्माणमा आवश्यक पानी बोक्न खच्चडको प्रयोग गरिएको छ । 

खाँचीकोटमा पानी पुर्‍याउन लुम्बिनी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो योजना लिफ्टिङ प्रविधिबाट सञ्चालन गरिने वडाध्यक्ष चुराबहादुर केसीले जानकारी दिए ।  

मोटरबाटो नपुगेको उक्त स्थानमा खानेपानी ट्याङ्की निर्माण गर्न दैनिक सात वटा खच्चडलाई पानी बोकाइएको छ डोल्पाबाट ल्याइएका ती सातवटा खच्चड जाजरकोट, रुकुम पश्चिम, रोल्पा, प्यूठानहुँदै हिल स्टेशनमा ल्याउनै १५ दिन लागेको थियो । 

एउटा खच्चडले एक पटकमा ७० लिटर पानी बोक्ने गर्दछ । एउटा खच्चडलाई पानी बोकाए बापत् दैनिक पाँच हजार रुपैयाँ ज्याला खच्चड धनीलाई भुक्तानी गर्ने गरी पानी बोकाइरहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष डुकबहादुर खत्रीले बताए। 

यसरी पानी बोकाउँदा एक लिटर पानीको करिब १० रुपैयाँ पर्ने अनुमान गरिएको छ। खाँचीकोट क्षेत्र ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको स्थानसमेत मानिन्छ । हिल स्टेशनसम्म पुग्न सहज हुँदा यो स्थान नयाँ पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ३७ बजे

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।

भिक्टरले चलाए सुधन गुरुङ गृहमन्त्रीको लागि लायक छन् भन्ने पोल

काठमाडौं– रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सुधन गुरुङ

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह